पर्यटक लोभ्याउँदै घेर्मुको रक गार्डेन

दीपक अधिकारी
खानीगाउँ (घेर्मु) चैत १ ।
अन्नपूर्ण पदयात्रा मार्गमा मोटर चल्न थालेपछि पर्यटकको बसाइ कम भएर चिन्तामा परेका लमजुङका पर्यटन ब्यवसायीहरुलाई खुशीको खबर आएको छ । विश्वविख्यात अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने लमजुङको घेर्मुस्थित खानीगाउँमा पर्यटक लोभ्याउनका लागि नेपालमै पहिलोपटक रकगार्डेन अबधारणा भित्राइए पछि पर्यटन ब्यवसायीहरुका चिन्ता केही हदसम्म समाधान भएको छ । प्राकृतिक रुपमा गाउँमा रहेका चट््टानलाई मज्जाले सजाएर स्थानीयले “रकगार्डेन” नामाकरण गरेका छन्् ।
पर्यटकहरुको रामै्र चहलपहल हुने घेर्मुको खानीगाउँमा रकगार्डेन अबधारणा भित्राईए पछि आन्तरिक तथा बाह््य पयर्टकको आकर्षण बढेको छ । अन्नपूर्ण पदयात्रा मार्गमा मोटरबाटो खुलेपछि पछिल्ला केही बर्षयता सो गाउँहुँदै पदयात्रामा जाने पर्यटकको संख्यामा कमी आउन थालेपछि स्थानीयले पर्यटक लोभ्याउन नयाँ रणनीति बनाएका हुन्् । गाउँका पाखाभरि रहेका ठूला चट्टानलाई सजाएर उनीहरु पर्यटक भित्राउन लागी परेका छन्् ।
प्राकृतिक सौन्दर्यतालाई मनपराउने पर्यटकलाई घेर्मुका स्थानीयले नेपालमै पहिलो पटक “रक गार्डेन”को अबधारणा भित्र््याएर आकर्षित गरेका छन्् । “रक गार्डेनको अबधारणा शुरु भएसँगै पर्यटकको आगमन बढ््न थालेको छ”, रक गार्डेन निर्माण समितिका अध्यक्ष कामसार्की गुरुङ भन्छन, “आन्तरिक पर्यटक र बाह्य दुबै पर्यटक रकगार्डेनको सुन्दरता देखेर दंग छन्् ।”
खानीगाउँसँगै जोडिएको रकगार्डेन पहरै पहराले बनेको छ । कतै गुफा छन्् , कतै ओढार । कतै ठुला ठुला सुरुङ भेटिन्छन्् । निकै लोभलाग्दो रकगार्डेन पुरै चहार्न आधा घण्टा बढी समय लाग्छ । रक गार्डेन पर्यटकीय मात्र होईन, ऐतिहाँसिक रुपमा पनि उत्तिकै महत्व छ, अध्यक्ष गुरुङ भन्छन,– “परापुर्व कालमा हाम्रा पुर्खाहरु कसरी ओढारमा बसे त्यसको झल्को रक गार्डेनमा लिन सकिन्छ ।”
रक गार्डेनमा एउटा पहरोबाट अर्को पहरोमा पुग्न पुल बनाइएको छ । पहराभित्रको सुरुङ हुँदै पनि अर्कै ठाउँजाने बाटो छ । गार्डेनको बिचमा बस्ने ठाउँ निर्माण भएको छ । जिल्ला विकास समिति लमजुङको वातावरण मैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत गत आर्थिक बर्ष २०७२÷०७३ मा ८ लाख रुपैया र स्थानीयको १ लाख ७३ हजार रुपैयाको श्रमदानबाट रक गार्डेनका केही पूर्वाधार निर्माण भएको छ ।
हालै रकगार्डेनको अबलोकन गर्न पुगेका जिल्ला बिकास समिति लमजुङका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलले थोरै लगानीमा उल्लेख्य काम गर्न सकिन्छ भन्ने उदाहरण रक गार्डेनले दिएको बताए । “स्थानीय जागरुकता र पर्यटकीय सम्भावना देख्दा निकै खुशी लाग्यो, उनले भने, रकगार्डेनले उत्कृष्ट पर्यटकीय गन्तब्यको सम्भावना बोकेको छ ।”
रक गार्डेनको स्तर उन्नतिका लागि घेर्मु गाबिसले चालु आर्थिक बर्षमा २ लाख रकम बिनीयोजन गरेको छ । घेर्मुका सचिब राजेन्द्र शर्माका अनुसार सो रकमले स्थानीयले पिकनिक स्पोर्ट र अन्य पूर्वाधार बनाउने तयारी गरेका छन्् ।
रकगार्डेनमा “रक स्टे”को अबधारणा पनि छ । “रकगार्डेन” हेर्न आउने पर्यटकलाई चट््टानमै बास बसाइन्छ । रक गार्डेन स्थलमा अहिले फुल रोप्ने, विजुली सुविधा पु¥याउने, गार्डेन स्थलमा कुर्सी निर्माण गर्ने, ओडार छिर्ने सुरुङ मार्ग, पिकनिक स्थल, पोखरी, ढुङ््गेधारा, बास स्थान निर्माण गर्ने काम भईरहेको छ ।
रक गार्डेन बनाउने हाम्रो पञ्चबर्षीय योजना हो, अध्यक्ष गुरुङ भन्छन, “अब गाउँमा रक गार्डेनसंगै होमस्टे र रक स्टेको अबधारणा पनि अघि बढाउँछौं ।” ५ सय ८० मिटरको सो रुट सर्किट प्राकृतिक सुन्दरताका दृष्टिकोणबाट निकै मनमोहक छ । अन्नपूर्ण पदयात्राका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकलाई चट्टानको बगैंचाले आकर्षित गरेको छ । रकगार्डेनको शुरुवातमै पर्यटक आकर्षित हुन्छन्् । अहिलेनै दैनिक करिब ७० जनाको हारहारीमा पर्यटकहरु रकगार्डेनमा घुम्न आउने गरेको स्थानिय लेखमान गुरुङ बताउँछन्् ।
निकै कलात्मक तरिकाले प्रकृतिले सृजना गरेको “रक गार्डेन” अर्थात चट्टानको बगैंचा घुम्दा पर्यटकले अनौठो मान्छन्् । ठूला चट्टानभित्र नै खाने, बस्ने र शौचालयको व्यवस्था गर्ने योजना गाउंलेको छ । लमजुङ सदरमुकाम बेसीशहर बाट २२ किमी कच्चीबाटोमा सवारी साधनको प्रयोग गरी ताघ्रिङको रामबजारबाट १५ मिनेटको दुरी पैदल तय गरेपछि रक गार्डेन पुग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *