हात्तीपाइले रोग नियन्त्रण गर्न चैत पहिलो साता अभियान सञ्चालन हुने

बेसीशहर, चैत ३ गते ।
हात्तीपाइले रोग नियन्त्रण गर्ने उद्देश्यले यस बर्ष पनि देशभर यही चैत पहिलो साता अभियान सञ्चालन हुने भएको छ ।
यस अभियान अन्तर्गत देशभरका दुई बर्षमाथिका सबैलाई औषधी खुवाईँदै छ । लमजुङमा दुई वर्षमाथिका एक लाख ५४ हजार जनालाई हात्तिपाइले रोगविरुद्धको औषधि खुवाईने जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
हात्तिपाइले रोग नियन्त्रण गर्ने राष्ट्रिय अभियान अन्तर्गत यही चैत ५, ६ र ७ गते लमजुङ जिल्लाका सवै नगर तथा गाउँहरुमा औषधी खुवाउने कार्यक्रम राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरीष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले बताउनुभयो उहाँका अनुसार यस अभियानका लागि चारसय १६ स्वास्थ्यकर्र्मी र छ सय ६९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरीएको छ ।
लमजुङ जिल्लामा विगतमा केही हात्तीपाइले रोगका विरामीहरु देखिए पनि हाल त्यस्तो लक्षण सहितका विरामी नरहेको कार्यालयले जनाएको छ । यद्यपी यो रोग लागे पनि तत्काल लक्षण नदेखिने भएकाले रोगको जोखिम भने कायमै रहेको स्वास्थ्यकर्मीहरु बताउँछन्् । सोही कारण रोगको जोखिमबाट जोगाउनका लागि अभियान चलाइएको जनाइएको छ ।
यस अभियान अन्तर्गत स्वास्थ्यकर्र्मीहरुको सहयोगमा पहिलो दिन चैत ५ गते गाउँ टोलका पायक पर्ने ठाँउमा शिविर खडा गरी औषधी खुवाईने कार्यक्रम छ । अभियानको दोस्रो दिन छुटेकाहरुलाई घरमै गएर औषधी खुवाईने छ ।
हात्तीपाइलेसंगै जुकाको औषधी पनि खुवाउने कार्यक्रम छ । हात्तीपाइले रोगको औषधीसंग जुकाको औषधीसमेत खुवाउँदा बढी प्रभावकारी हुने भएकाले यस्तो गरिएको हो । यो औषधी दुई वर्ष मुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, छारे रोगी, एकहप्ता नपुगेका सुत्केरी, सिकिस्त बिरामीले भने खान नहुने स्वास्थ्यकर्मीहरुले बताएका छन्् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *