तीजमा “तीज गीत”का साथै विविध खेलकुद आयोजना हुने

बेसीशहर, २३ साउन
बेंसीशहरको लमजुङ मस्र्याङ्दी युवा क्लवले आउँदो हरितालिका तीजका अवसरमा विगत बर्षहरुझैं विभिन्न प्रतियोगीता सञ्चालन गर्ने भएको छ ।
क्लवले नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर यस बर्ष पनि खुल्ला तीज गीत प्रतियोगिताका साथै राष्ट्रब्यापी खुल्ला युगल ब्याडमिन्टन, बास्केटबल र छेलो प्रतियोगिता आयोजना गरेको हो ।
क्लवका अध्यक्ष जुन तामाङका अनुसार युगल ब्याडमिण्टन प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने जोडीलाई नगद ४० हजारका साथमा कप, पदक र प्रमाणपत्र, द्वितीयलाई नगद २५ हजार, पदक र प्रमाणपत्र तथा सान्त्वना स्थान हात पार्ने दुई टीमलाई नगद १०÷१० हजार र प्रमाणपत्रको व्यावस्था गरिएको छ ।
त्यस्तै क्लवले पुरुष तथा महिला बास्केटबल प्रतियोगिता पनि सञ्चालन गर्ने जनाएको छ । प्रतियाेिीतामा पुरुषतर्फ प्रथम हुने टिमले २० हजार प्राप्त गर्नेछन् । द्धितिय हुने टिमले १० हजार प्राप्त गर्नेछन् । त्यस्तै महिला तर्फ बास्केटबलमा विजयी हुने टिमले ५ हजार र दोस्रो हुने टिमले नगद ३ हजार प्राप्त गर्ने अध्यक्ष तामाङले बताउनुभयो ।
त्यस्तै छेलो प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार ,दोस्रो हुनेलाई नगद ३ हजार र तृतीय हुनेले २ हजार पुरस्कार दिइने क्लवले जनाएको छ ।
तीज उत्सवको अवसरमा भदौ २३ गते फूलबारी मञ्चमा तीज गीत र नृत्य प्रतियोगीता आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १५ हजार, द्वितीय हुने टिमले १० हजार र तृतीय हुने टिमले नगद ७ हजार ५ सय प्राप्त गर्ने छन् । क्लवले प्रतियोगिता सम्पन्न गर्न विभिन्न १४ वटा उपसमिति गठन गरेको छ ।
प्रतियोगिता यही आउँदा भदौ २२ देखि २४ गतेसम्म बेसीशहरको फूलबारी मञ्चमा आयोजना गरिने क्लवले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *