सडक भासिँदा खिन्चोक गाउँको जल्गेनीका ३२ घर जोखीममा

बेसीशहर, २३ साउन
लमजुङको दोर्दी गाउँपालिका ८ को खिन्चोक गाउँको जल्गेनी भन्ने स्थानमा सडक भासिँदा ३२ घर जोखिममा परे पछि गाउँ नै स्थानान्तरण गर्नु पर्ने अवस्था आएको छ ।
जमिन भासिने र पहिरोसमेत खसी ंिसंगो गाउँ नै जोखिम परेपछि गाउँ पुगेका प्राविधिक अनुगमनकर्ताले तत्काल स्थान्तरण गर्नुपर्ने सुझाव दिएको छ । नेपाल रेडक्रस सोसाइटी र आरसीडिसीले त्यसक्षेत्रमा प्राविधिक पठाएका थिए । सो टोलीले प्रतिवेदन जिल्ला प्रशासनमा बुझाएपछि जिल्ला विपद् ब्यवस्थापन समितिको वैठकले तत्कालका लागि विपदमा परेका ३२ घरलाई स्थानीय बालकल्याण माविको जग्गा अस्थायी बासस्थानको रुपमा प्रयोग गर्ने ब्यवस्था मिलाइदिन दोर्दी गाउँपालिकालाई अनुरोध गरेको छ । साथै वैठकले प्रभावित परिवारलाई अस्थायी घरटहरा बनाउन आवश्यक जस्तापाता, शौचालयको ब्यवस्था गरिदिन सम्बन्धित सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गरेको छ ।
त्यस्तै उक्त स्थानमा खानेपानीको पाइपको व्यवस्था खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई र गाउंमा जेलिएका विजुलीका तार र ढल्ने अवस्थामा रहेका पोलहरुको ब्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरण, लमजुङ शाखालाई अनुरोध गरिएको छ ।

केहीदिन अघिदेखि परेको अविरल वर्षाका कारण जल्गेनीमा आएको पहिरोले गाउँमाथिको जमिन चिरा चिरा पारेको छ । गाउँमा बनाइएको मोटरबाटो ठाउँ ठाउँमा चिरिएर कुनै पनि बेला गाउँ नै बगाउने अवस्था रहेको स्थानीयले बताएका छन् ।
जिल्ला विपद् व्यावस्थापन समितिका संयोजक एंव लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले वैठकको निर्णय अनुसार प्रािवधिक खटाएर सो स्थानको स्थलगत निरिक्षण गरिएको र जोखिममा परेको क्षेत्रको निरिक्षण गर्दा ३२ घर वर्षायाममा उक्त ठाउँमा बसोबास गर्न उपयुक्त नभएको प्राविधिक टोलीले निष्कर्ष सहितको प्रतिबेदन दिएको बताउनुभयो ।
यसैबीच समितिको वैठकले मनसूनको समयमा अविरल वर्षाका कारण जिल्लाका मस्र्याङ्गदी, दोर्दी, ङादी, खुदी, मिदिम, मादी लगायतका नदीहरुमा पानीको बहाव बढ्ने गरेकोले पौडी खेल्ने, खोला तर्ने क्रममा मानवीय क्षतिका दुःखद घटना नदिन सतर्ककता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *