बाल लघुकथा: घमण्ड को अवसान

सुधिर कुमार सुमन

“तँ यति सानो फुच्चे भएर पनि के फुर्ती गरेको।म बिना तेरो के औकात छ।तेरो त म सँग साथैमा बस्ने हैसियत पनि छैन बुझिस”। ठुलेले सानेलाई होच्याउँदै भन्यो।

“तैंले चाहिँ के मलाई सानो देखेर हेपेको?सानो भए पनि मेरो आफ्नै अस्तित्व छ।तैँले चाहिँ के फुर्ती हांकेको होस नि? म नभै तेरो चाहिँ के अस्तित्व छ र”।साने पनि के कम थियो र जंगिदै बोल्यो।

“तँ आकारले पनि सानो छस।काममा पनि सानो छस।मेरो काम भनेको सुरक्षाको काम हो।तेरो काम भनेको त मैले गरेको सुरक्षा पनि बिगार्ने काम हो।त्यसैले तैंले धेरै फुर्ती नहाँक्दा हुन्छ बुझिस।”ठुले ले झनै पेलेर भन्यो।

“के रे के रे तँ झन्डुरामको काम ठूलो अरे? जहिले झुन्डिरहने बिचराको यत्रो फुर्ती।हामी जस्तो मालिकको साथैमा सानको साथ घुम्न पाएको भए अझ कति फुर्ती हांक्थ्यो होला”।सानेले अहमताको साथ बोल्यो।

झगडा धेरै नै चर्कियो।यी दुबैको संबन्ध बोलचाल नै बन्दको स्थिती मा पुग्यो।एकले अर्कालाई सहयोग नगर्ने भन्ने मौन निर्णय पनि बनाए।

असहयोग गरेकै कारणले एकदिन ठुले झुन्डिएको झुन्डिएइ रह्यो।न ठुलेले सानेलाई सघायो।न सानेले ठुलेलाई सघायो।

अति भएपछी मालिक सनक्क सन्किए अनि फलाम काट्ने चिज ल्याएर ठुलेलाई काट्न थाले।साने ठुले काटिएको मा मसक्क मस्कियो।एकछिन पछि सानेलाई पनि साँचोको झुप्पाबाट बाहिर निकाले अनि ताला काटिएको ठुले संगै डस्टबिनमा मिल्काइदिए।

५/अगस्ट/२०१८
लमजुङ ,हाल :राजधानी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *