छोरी हत्याको आरोपमा आमा पक्राउ

बेसीशहर, २४ साउन ।
आफैले जन्माएको नवजात बालिकाको हत्या आरोपमा लमजुङमा एक महिला पक्राउ परेकी छन् ।
लमजुङको दूधपोखरी गाउँ पालिका वडा नं. २ बस्ने ४५ बर्षकी विष्णुमाया परियार पक्राउ परेकी हुन् । प्रहरीले घटनाको अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
गत साउन १८ गते बेलुकी परियारले छोरी जन्माएपछि नवजात शिशुलाई प्लाष्टिकमा बेरेर शौचालयमा फालेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको हो । हाल जिल्ला अदालतबाट म्याद थप गरी घटनाको विस्तृत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *