भरुवा बन्दूक सहित एक पक्राउ

बेसीशहर साउन २४

अबैध रुपमा भरुवा बन्दूक निर्माण गरी विक्री गरेको आरोपमा लमजुङको बेसीशहर नगरपालिका वडा नं. १ का एक ब्यक्ति पक्राउ परेका छन् ।
उदीपुरको ठूलो धिमिरे बस्ने ४० बर्षिय पूर्ण बहादुर विक पक्राउ परेका हुन् । अबैध रुपमा बन्दूक बनाएर बिक्री गर्ने गरेको सुराकीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको घरबाट प्रहरीले एकथान भरुवा बन्दूक, भरुवा बन्दूकको पुरानो बट ६ थान, बटको आकार बनाइएको काठ ३ थान, बट बनाउन प्रयोग हुने काठ १ थान, फलामको ब्यारेल १८ थान, फलामको गज ३ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका विकलाई हात हतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा चलाउन आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *