गजल

सिमाना किल्ला मिचीन्छन् नदिनाला बेचिन्छन्।
विकल्पमा बम र बारुद अनि भाला बेचिन्छन्।।

पुष्प व्यवसायले जीवनस्तर उकास्ने सोच्दै गर्दा ,
बजार भरि प्लास्टिकका फुल र माला बेचिन्छन्।

हिजो वृद्धाश्रम छोड्ने सन्तान सिकिस्त भएपछि,
उपचारमा बृद्ध अामाको नाडीबाट बाला बेचिन्छन्।

अावरणमा फ्रेस हासको साईन बोर्ड राखेर,
तस्करीमा अमुल्य जीवजन्तूका छाला बेचिन्छन्।

आफन्तहरू मौन रहदा सोच्नै पर्ने देखिन्छ ,
भिनाजु बाट एकदिन अाफ्नै साला बेचिन्छन्।

✍️रामकुमार श्रेष्ठ “फुच्चे ”
सुर्यपाल,लमजुङ
हाल-पेनाङ,मलेसिया