३४ ताेला सुनका गहनासहित बेसीशहरकी एक महिला पक्राउ

बेसीशहर, भदाै २८ गते ।

बन्दकीमा राखिएका ३४ ताेला सुनका गहना विक्री गर्न लैजाँदै गर्दा लमजुङ प्रहरीले बेसीशहरकी एक महिलालाइ पक्राउ गरेकाे छ । बेसीशहर नगरपालिका वडा नंं ७ निवासी ४३ बर्षकी रचना श्रेष्ठलाइ सुराकीकाे अाधारमा प्रहरीले पाउँदीबजारबाट पक्राउ गरेकाे हाे ।

सुनका गहना विक्रीका लागि काठमाण्डाै जाँदै गरेकी उनलाइ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएकाे प्रहरी टाेलीले पाउँदी बजारबाट पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बसन्तबहादुर रानाले बताए ।

उनकाे साथबाट विभिन्न डिजाइनका ब्रासलेट, सिक्री, मंगलसुत्र, अाैंठी, बाला, जन्तर लगायतका सुनका गहना बरामद भएकाे र ती गहनाकाे ताैल ३४ ताेला रहेकाे प्रहरी निरीक्षक रानाले जानकारी दिए ।

पक्राउ परेकी श्रेष्ठले सुनका गहना धिताे राखी ऋण लगानी गर्ने गरेकी र  ती गहना झिक्न दिएकाे म्याद एक दिन मात्रै कट्दा पनि सम्बन्धितलाइ सुनका गहना पच भएकाे भन्दै नदिने गरेकाे र ती गहना लगेर विक्री गर्ने गरेकाे पाइएकाे प्रहरीले जनाएकाे छ । यस प्रकारकाे उजुरी परेपछि उनलाइ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

बिहीबार पक्राउ परेकी श्रेष्ठलाई ठगी मुद्दा अन्तर्गत मुद्दा चलाइएकाे छ । जिल्ला अदालतबाट शुक्रबार ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रानाले जानकारी दिए ।

प्रहरीका अनुसार यस्ताे धन्दा चलाउने लमजुङमा थुप्रै रहेकाे सूचना प्रहरीकाेमा अाएकाे छ । यसबाहेक घरजग्गा धिताे लिइ मिटर ब्याजमा पैसा लगानी गर्ने र भाकासम्मकाे ब्याज शुरूमै एकमुष्ट लिने र समयसीमाभित्र चुक्ता गर्न नसक्नेहरूकाे घर जग्गा नै खाइदिनेहरूका बारेमा पनि सूचना संकलन  भइरहेकाे प्रहरीले जनाएकाे छ ।