सिङ्गो भुष्मे गाउँ नै तरकारी खेतीमा, हिजा किन्नेहरू तरकारी बेच्दै

शान्ता कमली
बेसीशहर, असाेज २ गते ।
मर्स्याङदी गाउँपालिका वडा नम्बर ८ भुष्मेका किसान यतिबेला काउली, बन्दा, गोलभेंडालगायतको बेर्ना जमाउन , सार्न र विक्री गर्न व्यस्त छन् । केही वर्ष अघि बाझो रहेको जग्गा यतिबेला भने तरकारी खेतीले हरियाली भएको छ । सिङ्गो गाउँ नै अहिले तरकारी खेतीमा लागेका छन् ।
यसअघि बजारमा र छिमेकीसँग तरकारी किन्दै आएका गाउँले अहिले घरैपिच्छे तरकारी लगाएका छन् । शान्ती सामाजिक परिवारका अध्यक्ष विष्णु मायाँ तामाङका अनुसार गाउँका ५५ घरपरिवार नै तरकारी खेतीमा व्यस्त छन् । पहिले किनेर काम चलाउने गरका थियौ अहिले गाउँमा आफैले गर्नुपर्छ भन्ने बुझेपछि घरघरमा टनेल बनाएका छौ । उनले भनीन् आफैले तरकारी फलाउन थालेपछी आफुलाई पनि भयो विक्री समेत गरेका छौ । २०७१ सालेदखि तरकारी खेती गदै आएकी नीलमाायाँ तामाङले ८ रोपनी जग्गामा अहिले व्यावसायीक तरकारी खेती गरेकी छन् । उनले ५÷६ वटा टनेल निर्माण गरी मौसमी तथा वेमौसमी तरकारी खेती गदै आएको बताइन् । उनले भनीन् पहिलेका दिनमा दुईचार पैसा देख्न नी रहरै हुने थियो अहिले त महिनामा नै ५० हजार आम्दानी हुन्छ । नीलमायाँलाई तरकारी खेतीमा दुई छोराले पनि साथ दिएका छन् । समुहमा आवद्ध गाउँलेले फलाएको तरकारी बेसीशहर बजारमा विक्रीका लागी ल्याउने गरेको उनले बताइन् ।
नीलमायाँ जस्तै तरकारी फलाउन हौसिएकी छन् गाउँकै सुनसरी तामाङ । तरकारी खेती सुरु गरेसँगै घरखर्च र छोराछोरी पढाउन तरकारी विक्रीबाट आएको रकम चलाउने गरेको उनले बताइन् । तरकारी राम्रो विक्री हुन्छ घरखर्च र छोराछोरीलाई उच्च शिक्षा पढाउन सहज भएको छ उनले भनीन् । उनी भन्छीन् पहिले श्रीमानको कमाईको भर पर्नुपथ्र्यो अहिले माग्नु परेको छैन उल्टो पैसा बचत गरेकी छु ।
गाउँका अधिकांशको घरमा दुई÷दुई वटा टनेल बनाएर आफैले तरकारीका बीउ जमाउने गरेका छन् । घरछेउको बारीमा तरकारी खेती सुरु गरेकी सुवीता तामाङ पनि तरकारी खेतीबाट राम्रो आम्दानी भएको बताउँछिन् । बन्दा ,काउली, गोलभेडा ,घिरौला,काक्राका बीउ जमाएको र यतिवेला काउली बन्दा पनि विक्री भएको उनले बताइन् । घरमा तरकारीको अभाव कहिल्यै हुदैन विक्री पनि गर्छो उनले भनीन् जागर चलाउन सके तरकारीबाटै मनग्य आम्दानी गर्न सकिन्छ । गाउँमा महिला मात्र होइन पुरुष पनि तरकारी खेतीमा लागेका छन् । गाउँकै नारायण बहादुर तामाङले ४ वटा टनेल बनाएर व्यावसायीक तरकारी खेती गरेका छन् । उनले बारीमा गोलभेडा, खुर्सानी , काउली र बन्दा फलाएका छन् । गाउँका सबै तरकारी खेती गर्न थाले मैले पनि गरेकी छु बचत पनि गर्छु उनले भने ।वडा नम्बर ८ का वडाध्यक्ष होमराज तामाङले भने समग्र विकास सेवा केन्द्रबाट तरकारी खेतीसम्बन्धी तालिम लिएपछी गाउँ तरकारीमा आत्मानिर्भर भएको हो । उनले भने अहिले घरैपिच्छे तरकारी खेती गरिएको छ आम्दानी राम्रो छ तरकारी किनेर खानुपर्ने बाध्यता हटेको छ । तामाङका अनुसार भुष्मेमा २०७१ सालमा सामाजिक परिवार गठन गरी तरकारी खेती सम्बन्धी तालीम प्रदान गरिएको थियो । समुह गठन गरी आयआर्जनमा सघाउ पुराउन बाख्रापालन ,कुखुरापालन र तरकारी खेती सम्बन्धी विभिन्न तालीम सञ्चालन गरिएको स्थानिय सविता तामाङ बताउँछीन् । केही वर्ष अघि सदरमुकाम बेसीशहर बाट तरकारी यसअघि आफ्नै बारीमा सागसब्जी फलाउने किसानहरू केहीवर्ष अघिदेखि व्यावसायीक तरकारी खेतीमा लागेका हुन्  । भुष्मेका किसानले खेत खनजोत, बिरुवा जमाउने, गोडमेल, हुर्काउने, सिँचाइ, प्रांगारिक मल बनाउने, प्रयोग गर्ने तरिका साथै रोगव्याधीले आक्रमण गरे अपनाउनुपर्ने तौरतरिका, विषादी प्रयोग लगायतबारे सिकेका छन् । मौसमी तथा बेमौसमी तरकारी खेतीबारे ज्ञान पाएको उनीहरु बताउँछन् ।