रेडियो चौतारीको अध्यक्षमा ईश्वर पाण्डे चयन

बेसीशहर, असाेज ६ गते ।

लमजुङको बेंसीसहरमा रहेको रेडियो चौतारीको अध्यक्षमा ईश्वर पाण्डे चयन भएका छन् ।
बेसीशहरमा सोमबार भएको साधारण सभा तथा अधिवेशनले पाण्डेको अध्यक्षतामा सर्वसम्मतिले समिति चयन गरेको हो । समितिकिो उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी, सचिवमा विवश बुढाथोकी, कोषाध्यक्षमा सावित्री तामाङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा गणेश गुरुङ, रविन विश्वकर्मा, बिमल अधिकारी, गोविन्द खड्का, किशोर राना, सागर श्रेष्ठ, बुना रिमाल, दुर्गाबहादुर गुरुङ र दुर्गा श्रेष्ठ चयन भएका छन् ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले नागरिकलाई सुसूचित गर्ने रेडियोको जिम्मेवारी भएको भन्दै सत्य, तथ्यको आधारमा समाचार प्रशारण गर्न अनुरोध गरे । रेडियो जनताको सुख दुःखको साथी बन्नुपर्ने भन्दै उनले रेडियोको प्रगतिको लागि शुभकामना दिए । कार्यत्रममा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले सञ्चारकर्मी सचेत नभएमा समाज गलत बाटोमा जाने भएकाले यसतर्फ सचेत हुन आग्रह गरे । उनले आम जनताले सञ्चार माध्यमको विश्वास गर्ने हुनाले गलत सूचना प्रवाह भएमा त्यसलको नकरात्मक असर पर्ने विषयमा सजग रहन आग्रह गरे ।
कार्यक्रममा रेडियो चौतारीका पूर्व स्टेशन प्रमुख कृष्ण केसी, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङ, सेयर सदस्य इश्वर पौडेललगायतले मन्तब्य राखेका थिए ।
रेडियोका अध्यक्ष सुभाष पौडेलको अध्यक्षतामा भएको थियो । रेडियो चौतारी २०६९ जेठ १५ गतेदेखि प्रशारण शुरु भएको थियो ।