ग्रामीण पर्यटन प्रवर्धन गर्न भुजुङ महोत्सव, पर्यटनलाई महत्व दिनुपर्छ ः मुख्यमन्त्री गुरुङ

शान्ता कमली
लमजुङ १४ असोज
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ग्रामिण पर्यटनलाई महत्व दिनुपर्ने बताएका छन् । लमजुङको क्व्होलासोंथर गाउ“पालिका ४, भुजुङमा सोमबारबाट आयोजित ३ दिने भुजुङ पर्यटन महोत्सवलाई सम्बोधन गदै यस्तो बताएका हुन् ।

उनले भने- “गण्डकी प्रदेश पर्यटकीय दृष्णीकोणले अगाडी छ त्यसमा पनि ग्रामिण पर्यटनको प्रर्वद्धन गर्नु आवश्यक छ ।” उनले पर्यटनबाटै समृद्धि हासिल गर्न सकिने भन्दै पर्यटनको अथाह सम्भावना बोकेको गण्डकी प्रदेशको समृद्धि पर्यटनबाटै हुने दावी गरे । पर्यटन, होमस्टे, कृषि, संस्कृतिको संरक्षणले गाउ“ गाउ“को विकास हुने उनको भनाई थियो ।

प्रकृति र संस्कृतिले धनी भएको मुलुकमा पर्यटन र कृषिबाट समृद्धि हासिल गर्न सकिने मुख्यमन्त्री गुरुङले बताए । पर्यटकीय सम्भावना बोकेको ठाउ“मा मुख्यमन्त्री कृषि स्मार्ट भिलेजको अवधारणा अनुरुप काम गरेको उनले बताए । कृषिबाट आत्मनिर्भर मात्रै नभएर गाउ“को विकास गर्न सकिने र यसबाट समृद्धि हासिल गर्न सकिने मुख्यमन्त्री गुरुङको भनाई छ । अर्को प्रसङगमा मुख्यमन्त्री गुरुङले आगामी १ बर्षभित्र गण्डकी प्रदेशका नागरिकमा आधारभूत खानेपानी पु¥याउने र ३ बर्षको अवधिमा हरेक घरघरमा खानेपानी पु¥याउने योजनाका साथ गण्डकी प्रदेश सरकार लागि परेको बताए ।

गाउँको होमस्टे विकास गर्न र ग्रामिण पर्यटनको अवधारणालाई मुर्तरुप दिई स्थानियको आय आर्जन वृद्धि गर्न महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष तुलवहादुर गुरुङले वताए । करिव ५ सय घरधुरी रहको क्होलोसोथर गाउँपलिका वडा नं. ४ भुजुुङमा ३ हजारको हाराहारी जनसंख्या रहेका छन् । भुजुङमा २०६४ सालमा १५ वटा घर बाट थालनि गरिएको हमस्टे हाल २२ वटा पुगेको छ । आगामी ५ वर्ष भित्र हामेस्टेलाई विकास गरी ५० वटा पु¥याउने लक्ष्य लिइएको संयोजक गुरुङले वताए ।

३ दिनसम्म सञ्चालन हुने महोत्सवमा सांस्कृतिक झाँकी प्रर्दशनी, स्थानीय हस्तकलाका सामाग्रिहरु प्रर्दशनी, स्थानीय स्तरमा उत्पादित कृषि प्रर्दशनी, सास्कृतिक कार्यक्रम लगायत मुख्य आर्कषण रहनेछ । महोत्सवको पहिलो दिन राष्ट्रिय कलाकार राजु परियार, शर्मिला गुरुङ, मनोज गुरुङ, तेजेन्द्र गुरुङ, गणेश गुरुङ, भिमु गुरुङ, प्रिया गुरुङ, उषा गुरुङ, पृथ्वी गुरुङ, केशबहादुर गुरुङ, कमल गुरुङ लगायत कलाकारको प्रस्तुति रहेको थियो । भुजुङ पर्यटन महोत्सवमा सहभागी वनौ, नेपाल भ्रमण वर्ष २०२० लाई सफल पारौँ” भन्ने नाराका साथ आयोजित महोत्सव असाेज १३ देखि १५ सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *