विलम्बित उडान…१ (लघु संस्मरण)

–गाेविन्द बहादुर कुँवर

क्यानाडाकाे क्यालगरी देखि लण्डनसम्मकाे उडान अवधि ८.४० घण्टा थियाे र सँक्रमणकालीन विश्राम अवधि १०.५० घण्टा थियाे । भाेलिपल्ट लण्डनकाे हिथ्राे विमानस्थलबाट अाेमानकाे मस्काटसम्मकाे यात्रा अवधि र सँक्रमणकालीन विश्राम अवधि क्रमश ७.२५ र ६.४५ घण्टा थियाे । तर लण्डनबाट उड्ने अाेमन एअरकाे जेटले प्राविधक कारण भनेर झन्नै दुई घण्टा उड्न ढिलाइ गर्याे ।
तर त्यसले हामीलाई हाम्राे उडान तालीकामा खासै फरक पर्ने थिएन । हाम्राे सँक्रमणकालीन विश्राम समय मात्र घटाउने थियाे तर अरु धेरै यात्रुहरुलाई भने त्यसले धेरै फरक पारेकाे थियाे
किनभने उनीहरुकाे अर्काे जहाजकाे उडान छुटेकाे थियाे ।
यता हामी पनि निश्चिन्त थिएनाैँ किनभने अघिल्लै दिन अति विशिष्ट व्यक्तिकाे सुरक्षाका लागि नेपालकाे अाकास केही घण्टा हाेल्ड हुनसक्ने भएकाले सतर्कता अपनाउनका लागि टीकाजीले अाफ्ना पिता हाेमजीलाई
पठाउनु भएकाे सन्देश, हाेमजीले हामीलाई देखाउनु भएकाे थियाे ।
भाेलिपल्ट हामी अाेमानकाे मस्काट विमान स्थलमा उत्रदा हामी प्रवेश गरेकाे टर्मिनल भवन क्षेत्र सुनसान थियाे । विहान प्रस्थान गर्ने जहाजहरु अाफ्नाे समयतालीका अनुसार उडिसकेका थिए र दिउँसाेका उडानका लागि समय भैसकेकाे रहेनछ ।
यता हाम्राे विशाल ७८७ वाेइङ जेटमा यात्रा गर्ने अन्तर राष्ट्रिय यात्रुहरु मध्ये कतिकाे विमान उडान भने छुटिसकेकाे थियाे ।
यसरी विमान छुटे पछि अर्काे उडानका लागि पहिलाे वाेर्डिङ पास देखाएर नयाँ वाेर्डङ पास लिन पर्ने रहेछ र एक दुई घण्टा सम्म लाइनमा बस्नुपर्दा निकै गार्हाे पर्ने नै भयाे ।
हामीले हाम्राे अर्काे उडानका लागि साेधपुछ गर्दा सबैले उडान डिले छ तर समय निश्चित भैसकेकाे छैन, तपाईँहरु विश्राम गर्नुस, थाहा भए पछि हामी खवर गर्छाै भने । त्यस वीचमा कसैले २, कसैले ४, कसैले ६ कसैले ८,१० घण्टासम्म डिले हुनसक्छ भनेर अाअाफ्ना अड्कल र अनुमानहरु सुन्ने सुनाउने काम भए ।
अन्तत हामीले पनि नयाँ वाेर्डिङ पास लिनुपर्ने भयाे । अध्यागमनकाे प्रकृया पूरा गर्नुपर्ने त उसै भयाे । लामाे समय पङ्तिमा बस्न पराे ।
हाम्राे दिउँसाे दुई बजेकाे उडान त राति ९.१५ मा हुने भएछ, नेपाली समय अनुसार रातिकाे ११.१५ मा । चानचून चार घण्टाकाे उडानमा रातिकाे तीन बजे मात्र काठमाण्डाै उत्रिने भइएछ । बाहिर निस्कदा त चार बज्ला । उडान विलम्बित नभएकाे भए वेलुका ७.३५ मै हामी उत्रिने थियाैँ ।
बाेर्डिङ पास र चेक जाँचकाे प्रकृया पूरा भए पछि हामीलाई भनियाे, ” अब हामी तपाईँहरुलाई एउटा हाेटलमा लग्छाैँ, तपाईँहरु त्यहाँ खाना खानुस र दिन भरि विश्राम गर्नुस । भरे तपाँहरुलाई लिन वस अाउँछ ।”