अलैंचीको अध्ययन गर्न विदेशी व्यावसायी लमजुङमा

शान्ता कमली
बेसीशहर, कार्तिक ३ गते ।
पछिल्लो समय लमजुङको अलैंचीप्रति विदेशी कृषक र व्यवसायीको चासो बढ्न थालेको छ । अलैंचीको व्यावसायिक सम्भाव्यता अध्ययनका लागि जर्मन, अस्ट्रिया र स्विटजरल्यान्डका व्यावसायी लमजुङको अलैंची वगानमा पुगेका छन् । जिल्लामा उत्पादित अलैंचीलाई जर्मन, अस्ट्रिया र स्विटजरल्यान्ड निर्यात गर्न उनीहरुले वगानमै पुगी बिहीबार अलैंचीको अध्ययन गरेका हुन् । मसला बालीको व्यवसाय प्रर्वद्धन गर्दै आएका उनीहरूले मस्र्याङ्दी गाउँपालिका ७ लुदीमा गएर अध्ययन गरेका हन् । उनीहरूले अलैंची टिप्ने तरिका, सुधारिएको अलैंची भट्टीमा सुकाउने विधि, गुणस्तर, अलैंची बगानको अवलोकन भण्डारण लगायतको विषयमा अध्ययन गरेका हुन् । अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं प्रधामन्त्री कृषि आधुनीकीकरण अलैंची जोन सञ्चालक समितिका अध्यक्ष अजय तामाङका अनुसार जर्मन, अस्ट्रिया र स्विटजरल्यान्डबाट आएका व्यवसायीले अलैंची बगानमै पुगेर अध्ययन गरेका थिए । उनका अनुसार यसअघि भारत, भुटान र अस्ट्रेलियाका नागरिकले लमजुङको अलैंची अध्ययन गरेका छन् । उनले भने यो अध्ययन व्यावसाय प्रर्वद्धनको लागी हो । फार्मिङ फर हेल्थका निर्देशक नारायण ढकालले भने दुई वर्ष अगाडि लमजुङको अलैंचीको नमुना पठाइएयो त्यसपछि सम्भाव्यता गर्न ‘बिजनेस लिडर’ सहित जर्मनका ८, स्विटजरल्यान्डका ४ र अस्ट्रियाका २ नागरिक लमजुङको अलैंची वगानमै पुगेका हुन् । फार्मिङ फर हेल्थमार्फत उनीहरूलाई अलैंची पठाएपछि सोचेअनुसारको गुणस्तर पाइएकाले सम्भाव्यता अध्ययन गरेको टोलीले बताएको छ ।
अलैंचीको अध्ययनका लागी आएका फार्मिङ फर हेल्थ अस्ट्रियाका अध्यक्ष प्रोफेसर कर्ट लुगरले नेपालबाट केही मसला बाली निर्यात गर्ने उदेश्यका साथ अध्ययनका लागी आफु वगानमै पुगेकोे बताए । उनले भने लमजुङको अलैंची गुणस्तरिय पायौ त्यसैले वगानमै पुगेर अनुगमन ग¥यौ । अस्ट्रियास्थित लुफान्सा एयरलाइनसका सिनियर पाइलटसमेत रहेका हेल्प अलाइनसका अध्यक्ष डोमिनिक कोप्पले अलैंची गुणस्तर देखेर अध्ययनका लागि आएको बताए । उनले भने आफुहरुले जर्मन मात्र नभई अन्य देशमा पनि नेपालको अलैंचीलाई निर्यात गर्न चाहान्छौं । स्विटजरल्यान्डस्थित स्विस एयरलाइन्सका खाद्य व्यवस्थापक बेनिडिक्ट फन्कोनीले आफुहरु व्यावसायिक प्रवद्र्धनका लागी तयार रहेको बताए । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना (अलैंची जोन) कार्यालयका अनुसार लमजुङमा १ हजार २ सय हेक्टर बढी क्षेत्रफलमा अलैंची खेती गरिएकोमा गतवर्ष ७ सय ५० क्विन्टल अलैंची उत्पादन भएको थियो । ओसिलो जमिन भएकाले लुदी अलैंचीको प्रमुख क्षेत्रको रुपमा स्थापित भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अलैंची जोनका प्रमुख ईशवरी प्रसाद न्यौपाने बताउँछन् । उनका अनुसार लमजुङको अलैंची गुणस्तर उत्पादन हुन थालेपछि विभिन्न जिल्लामात्र नभई विभीन्न देशका व्यावसायी अलैंचीको ज्ञान लिन लमजुङ आउन थालेका छन् । लुदी अलैंची कृषक समूहका सञ्चालक सोमबहादुर तामाङका अनुसार लुदी गाउँका ४४ घरपरिवार अलैंची खेतीमा आवद्ध छन् ।