महेन्द्रमन्दिरकाे महापुराणबाट नगद र जिन्सी गरी ७५ लाख संकलन

सुन्दरबजार, कार्तिक २६ गते ।

सुन्दरबजार नगरपालिका २ परेवाडाँडास्थित महेन्द्र मन्दिर माध्यमिक विद्यालयको चौतर्फी विकास र प्राविधिक शिक्षा सञ्चालन गर्न सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक, शैक्षिक महोत्सवमा नगद र जिन्सीसमेत गरी झण्डै ७५ लाख रुपैयाँ अर्थ संकलन भएको छ ।
विद्यालयका लागि विद्यालय ब्यवस्थापन समितिका अध्यक्षसमेत रहेका लोकराज पाण्डेले नगद र जिन्सी गरी झण्डै १८ लाख रुपैयाँ विद्यालयलाई दान गर्नुभएको छ । महायज्ञको दोस्रो दिन उहाँले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र सडकछेउको ६ आनाको घडेरी विद्यालयलाई दान गर्नुभएको हो ।
महायज्ञमा सुन्दबजार नगरपालिका वडा नं. २ का पबनराज बसौलाले दुईलाख १ हजार १ सय ११ रुपैयाँ दान गर्नुभएको छ । त्यस्तै सोही वडाका पदमकुमारी पाण्डेले १ लाख ५५ हजार ५ सय ५५, सुन्दरबजार नगरपालिका वडा नं. ६ का रामजी श्रेष्ठले १ लाख ५१ हजार १ सय ५१ र सुन्दरबजार २ का स्व. गणेशबहादुर खड्काको परिवारले १ लाख ११ हजार १ सय ११ दान गरेका छन् ।
विद्यालयका प्र.अ. सुन्दरबजार २ निवासी बुद्धि बहादुर खड्काले १ लाख ११ हजार १ सय ११, सुन्दरबजार ६ का छविलाल श्रेष्ठले ५५ हजार ५ सय ५५, विद्यालयका पूर्व प्रअ ललितबहादुर तिवारीले ५१ हजार ५ सय ५, सुन्दरबजार २ का कृष्णप्रसाद खरेलले ५१ हजार ५ सय ५, सोही ठाउँका हरिबहादुर एवं सीता तिवारीले ५१ हजार १ सय ५१ विद्यालयलाई दान गरेका छन् ।
विद्यालयको लागि दान गर्ने अन्य दाताहरुमा रामचन्द्र खनिया सु.न.पा. २ बाट ५१,१५१, सोही ठाउँका फडिन्द्रराज पाण्डेबाट ५१ हजार १ सय ११, पूर्व प्र.अ. ताराबहादुर अधिकारी एवं बद्धिमाया अधिकारी , ५१,१०८्र, प्रकाश न्यौपाने, सु.न.पा.६ ३५,१११, मोहन शाह ठकुरी, सु.न.पा.२– ३३,३३३, प्रताप मल्ल एवं मिना मल्ल , सु.न.पा. २– २६,५१५्र।,सुरेश श्रेष्ठ एवं गितादेवी श्रेष्ठ, सु.न.पा.–२ २५,५५५।, लक्ष्मीप्रसाद जैसी, सु.न.पा.२– २५,२२२।, रामकुमार श्रेष्ठ, बे.न.पा. ८– २५,१११।, बिष्णुप्रसाद सेढाई, सु.न.पा. २– २५,१११, नवराज सेढाई, सु.न.पा.२– २५,१११।, कृष्णकान्त सेढाई, सु.न.पा. २– २५,१११।, रहेका छन् ।
त्यस्तै नारायण बहादुर के.सी, सु.न.पा.५ बाट २५,१११।, सृजना पाण्डे, बे.न.पा. ११ बाट २५,१११।, सागर ढुङगाना, भा.न.पा.११ बाट २५,१११।, गोमादेवी खनिया, सु.न.पा.२– बाट २५,१११, संगीता कुमाल, सु.न.पा.२ बाट २५,१११।, कल्पना हड्खले, सु.न.पा.२ बाट २५,१११।, शोभा पाण्डे, सु.न.पा.२ बाट २५,१११।, अनिता अधिकारी, भा.न.पा.११ बाट२५,१११, नारायण पन्त एवं पवित्रा पन्त, सु.न.पा.२ बाट २५,१०५।, गिता देवी पाण्डे, सु.न.पा.२ बाट २५,१०५।, नव सृजना महिला जागरण आमा समुह, सु.न.पा.२ बाट २५,१०५ र सत्यदेवी आमा समूह, सु.न.पा.२ बाट २५,१०५ प्राप्त भएको विद्यालयले जनाएको छ ।
महायज्ञमा विद्यालयका शिक्षकहरुले महिनाको तलव बराबर रकम दान गरेका छन् । जसबाट ३ लाख ८२ हजार ८ सय ८७ रुपैयाँ संकलन भएको बताइएको छ ।
गत कार्तिक १७ गतेदेखि शुरु भएको महायज्ञ सोमबार सम्पन्न भएको हो । कार्यक्रम जिल्ला समन्वय समितिका अध्यक्ष तथा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लोकराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालयको आयोजना तथा विश्व शान्ति फाउण्डेसन, नेपालको समन्वयमा भएको महोत्सवमा धार्मिक अभियान्ता पण्डित बासुदेव घिमिरेको संकल्पमा युवा पण्डित इश्वर रेग्मीले भागवत वाचन गर्नु भएको थियो ।
महयज्ञमा ब्रतवन्ध, चौरासी पुजा, तुलादान, संगीतमय कथा वाचन, लाख बत्ती दिप प्रज्वलन, १००८ वटा शोभा कलश यात्रा लगायतका कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।