भाेर्लेटारमा अाँखा उपचार केन्द्र स्थापना, शल्यक्रिया बाहेक सबै सुवा उपलब्ध

भाेर्लेटार, मंसिर ९ गते ।

नगरबासीको स्वास्थ्य सेवामा पहुँच बढाउन अभियान चलाएको मध्यनेपाल नगरपालिकाले वडा नंं ६ भोर्लेटारमा आँखा उपचार केन्द्र स्थापना गरेको छ । मध्यनेपाल नगरपालिकाले हिमालय आँखा अस्पताल पोखरासंगको समन्वयमा भोर्लेटार स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।
आँखा उपचार केन्द्रको आइतबार भोर्लेटारमा एक समारोहबीच मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले उद्घाटन गर्दै केन्द्रको स्थापना पछि आँखाको सामान्य उपचार गर्न पनि पोखरा धाउनु पर्ने बाध्यता अन्त्य हुने बताउनुभयो ।
उहाँले भन्नुभयो– “हिजोसम्म आँखाको सानो समस्या हुँदा पनि पोखरा, काठमाण्डौं तथा भरतपुरको आँखा अस्पताल पुग्नु पथ्र्यो, अब जनताको चाहना अनुसार भोर्लेटारमै आधुनिक उपकरणसहित आँखा उपचार केन्द्र स्थापना भएपछि जनताका दुःख हटेको छ ।”
हाललाई वडा नं. ६ भोर्लेटार बजारमा रहेको भोर्लेटार स्वास्थ्य केन्द्रको भवनमा आँखा उपचार केन्द्र स्थापना गरी आँखाको उपचार शुरु गरिएको छ । आवश्यकता अनुसार केन्द्रमा आँखा शिविर सञ्चालन गरी मोतियाविन्दू लगायतका आँखाका समस्या भएका नागरिकहरुको सुविधाका लागि निःशुल्क शल्यक्रिया शिविर समेत सञ्चालन गर्ने उद्देश्य रहेको नगरप्रमुख पाण्डेले बताउनुभयो ।
यसअघि मध्यनेपालमा आँखाको उपचार हुँदैनथ्यो । सामान्य आँखाको समस्यामा मेडिकल, स्वास्थ्य केन्द्रको भर पर्नुपथ्र्यो । केन्द्रको स्थापना पछि सिंगो मध्यनेपालसहित क्व्होंलासोंथर गाउँपालिका, छिमेकी जिल्ला कास्कीको रुपा गाउँपालिकाका नागरिकलाई पनि उपचारमा सहज हुने भएको छ ।
केन्द्रका लागि आवश्यक उपकरणहरुमध्ये केही नगरपालिकाले र केही हिमालय आँखा अस्पतालले उपलब्ध गराएको छ । केन्द्रमा एकजना अप्थाल्मिक असिष्टेण्टले सेवा दिइरहेका मेयर पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार शल्यक्रिया गर्नु पर्ने अवस्थाका बाहेक अन्य प्राय सबै खालको आँखाको उपचार सो केन्द्रबाट हुने छ । साेही केन्द्रमा चस्मा समेत बनाएर सुलभ दरमा विक्री गरिने छ । जसबाट विरामीहरूलाइ राहत समेत पुग्नेछ ।

केन्द्रको उद्घाटनका अवसरमा हिमालय आँखा अस्पतालका अधयक्ष कृष्णबहादुर गुरुङ, अस्पतालका चिफ मेडिकल डाईरेक्टर डाक्टर इन्द्रमान महर्जन, मध्यनेपाल नगरपालिका ६ का अध्यक्ष विष्णुभक्त पौडेललगायतले उपचार केन्द्रको महत्व र आवश्यकतामाथि प्रकास पार्नुभएको थियो ।
नगरपालिकाले नागरिकहरुलाई थप स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस अघि नगरपालिकाभित्र प्याथोलोजी सेवा शुरु गरेको थियो । प्याथोलोजी शुरु भएपछि उपचारका लागि रगत, दिसा, पिसाब, खकार लगायत जाँच गर्नुपर्ने भए पनि सो सेवा नहुँदा नागरिकहरु दमौली पोखरासम्म पुग्नु पर्ने बाध्यता टरेको छ ।
नगरपालिकाले नगरभित्रका ज्येष्ठ नागरिकको हितलाई मध्यनजर गर्दै घरघरै डाक्टर लगेर उनीहरुको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी समेत दिने गरेको छ ।