सुन्दरबजार -२ मा ६६ प्रतिशत मतदान, मतदान केन्द्र नजिकै बम पड्क्याे

बेसीशहर, मंसिर १४ गते ।

लमजुङ जिल्लाको सुन्दरवजार न.पा. २ मा वडाध्यक्ष पदकाे लागि भएकाे निर्वाचनमा सुन्दर नगरपालिका -२ को उप- निर्वाचनमा ६६.३० प्रतिशत मतदान भएकाे छ । कूल २२९७ मतदातामा १५२३ जनाले मताधिकारकाे प्रयाेग गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार सुन्दर नगरपालिकाकाे कान्ति मन्दिर मा.वि. मा पुरूष-२८५, महिला – ३८४ गरि जम्मा – ६६९ र महेन्द्र मन्दिर मा.वि. काे “क” मतदान केन्द्रमा पुरूष १८६, महिला २५० गरि जम्मा ४३६ र “ख” केन्द्रमा पुरूष १९०, महिला २२८ गरि जम्मा ४१८ खसेको थियो ।

वडाध्यक्ष पदका लागि भइरहेको  उपनिर्वाचनमा ५ जना चुनावी मैदानमा उत्रिएका छन् । नेकपाका नवीन श्रेष्ठ , नेपाली काङ्ग्रेसका उमेदवार प्रकास सेढाइँबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । निर्वाचनमा राप्रपा , मङगोल नेशनल अर्गनाइजेसन र एक जना स्वतन्त्र उमेद्वारले उमेदवारी दिएका छन् ।

यसैबीच लमजुङको सुन्दरबजार नगरपालिका  २ मा वडाध्यक्ष पदका लागि अाज मतदान हुँदै गर्दा मतदान केन्द्र नजिकै बम बिस्फाेट भएकाे छ । मतदान केन्द्रकाे को १ सय ५० मिटर नजिकै टाइम बम बिस्फोट भएको हाे । मतदान केन्द्र महेन्द्र मन्दिर माबि नजिकै टाइम बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

लमजुङका प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरुङका अनुसार बिहान ९ बजेर  ५५ मिनेट जादा बम बिस्फोट भएको हो । बम बिस्फोट भएपनि कुनै क्षती भने भएको छैन । जिल्लामा थप क्षति हुन नदिन  नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी थप परिचालन गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनु भयाे ।

विप्लव नेतृत्वकाे माअाेवादीले बम बिष्फाेट गराएकाे हुन सक्ने अनुमान गरिएकाे छ । मतदान भइरहँदा बम बिष्फाेट हुँदा स्थानीय मतदाता डराएका थिए । बम बिष्फाेट भएपछि त्यस क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *