सुन्दरबजार-२ मा नेकपाका नवीनकुमार श्रेष्ठ विजयी

बेसीशहर, मंसिर १४ गते ।

लमजुङ जिल्लाको सुन्दरवजार न.पा. २ मा वडाध्यक्ष पदकाे लागि भएकाे निर्वाचनमा नेकपाका उमेदवार नवीनकुमार श्रेष्ठ विजयी भएका छन् ।

नेपाली कांग्रेसका उमेदवार प्रकास सेढाइँलाइ पराजित गर्दै श्रेष्ठ वडाध्यक्षमा विजयी भएका हुन् । श्रेष्ठले  ९८९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उमेदवार प्रकाश सँढाईले ४८२ मत प्राप्त गरे । शनिबार राती ९ बजे सकिएको मतगणनाकाे परिणाम अनुसार  राप्रपाका पवनराज बसौलाले १६ मत, मंगोल नेशनल अर्गनाइजेशनका रामजी दर्जीले १२ मत र कांग्रेसबाट छुट्टिएर बनेको स्वतन्त्र समूहका तर्फबाट कृष्णबहादुर केसीले ८ मत प्राप्त गरे । खसेकाे मत मध्य ११ मत बदर भयाे ।
उपनिर्वाचनमा ६६ दशमलव ३० प्रतिशत मत खसेको थियो । कुल २ हजार २ सय ९७ मतदाता रहेको उक्त वडामा १ हजार ५ सय २३ मत खसेको र महिला ८ सय ६२ र पुरुष ६ सय ६१ जनाले मतदान गरेका थिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सुन्दर नगरपालिकाकाे कान्ति मन्दिर मा.वि. मा पुरूष-२८५, महिला – ३८४ गरि जम्मा – ६६९ र महेन्द्र मन्दिर मा.वि. काे “क” मतदान केन्द्रमा पुरूष १८६, महिला २५० गरि जम्मा ४३६ र “ख” केन्द्रमा पुरूष १९०, महिला २२८ गरि जम्मा ४१८ खसेको थियो ।

यसैबीच वडा नंं २ मा कांग्रेसका उमेदवार प्रकास सेढाइँले निर्वाचनमा विजयी भएका नवीनकुमार श्रेष्ठलाइ बधाइ दिँदै सफल कार्यकालकाे शुभकामना दिनुभएकाे छ । उहाँले वडाको समग्र विकाश निर्माण एंव हितकोलागी अाफू पार्टीको तर्फवाट सकारात्मक सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । पराजित भएपछि फेसबुकमा लेख्दै उहाँले निर्वाचन मा अाफूलाइ मत दिने सम्पुर्ण  मतदाता प्रति ऋणी छु  भन्दै निर्वाचन मा ज- जसको मन जित्न सकिएन आगामी दिनमा सत्कर्मका माध्यमबाट अटुट रुपमा मन जित्ने प्रयास गर्ने बताउनुभएकाे छ ।

उहाँले निर्वाचनमा अाफ्नाे उम्मेदवारी लाई चासो राखी प्रत्यक्ष सहभागी भै अहोरात्र खटिनुहुने सम्पुर्ण बा आमा दाजुभाइ, दिदीबहिनी, पार्टी संरचना तथा भौतिक रुपमा उपस्थित हुन नसकेता पनि विभिन्न माध्यमवाट शुभेच्छा सहित सहयोग पुर्‍याउनुहुने सम्पुर्ण जनमा हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्नुभएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *