कीर्तिमानी रक्तदाता कर्मचार्यद्वारा एकसय ६० अाैं पटक रक्तदान,

बेसीशहर, मंसिर १४ गते

कीर्तीमानी रक्तदाता तथा  नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १ सय ६० औं रक्तदान गर्नुभएकाे छ ।

शनिवार बेसीशहरमा रहेकाे लमजुङ जिल्ला सामुदायिक अस्पतालमा एक कार्यक्रमबीच कर्माचार्यले १ सय ६० औं पटक रक्तदान गर्नुभएकाे हाे । नेपाल स्वयंसेवी रक्तदाता समाज लमजुङ जिल्ला शाखाको बिशेष आयोजनामा भएको रक्तदान कार्यक्रममा रक्तदान गर्न कर्माचार्य काठमाडौंवाट बेसीशहर अाउनु भएकाे हाे ।

नेपाल स्वयंसेवी रक्तदाता समाज लमजुङकाे अायाेजनामा भएकाे कार्यक्रममा कर्माचार्यले  चार महिनामा आफैं नष्ट हुने र शरीरमा नयाँ बनिराख्ने रगतको दानले अरू कसैलाइ जीवन दिने भएकाले रक्तदान गर्नु जीवन दान दिनु हाे भन्नुभयाे ।

उमेरेले ५५ बर्ष कटिसक्नु भएका प्रेमसागरले १६ बर्षकाे उमेरदेखि रक्तदान गर्न शुरू गर्नु भएकाे हाे । मानवीय भावनाले अाेतप्राेत भएका कर्मचार्यकाे रक्तदान गरेर अझै धित मरेको छैन । ५५ वर्ष नाघिसकेका कर्माचार्य भन्नुहुन्छ – “शरीरले साथ दिएसम्म आम व्यक्तिलाई आफ्नो रगतका माध्यमले जीवनको उपहार दिन जति बेलै तयार छु ।”

 

रक्तदान गरेर नेपालमा कीर्तिमान राख्नु भएका कर्माचार्य भन्नुहुन्छ – ‘सामान्य व्यक्तिलाई रक्तदानको महत्त्व त्यतिखेर मात्र थाहा हुन्छ, जति बेला उनीहरूका आफन्त रगतको अभावमा जीवन र मृत्युको दोसाँधमा हुन्छन् ।  स्वस्थ मानिसले रक्तदान गर्दा शरीरमा केही हानी नहुने भएकाले रक्तदान गर्दा केही हानी हुँदैन । ।रगत झिक्दा कमिलाले टोकेजस्तो मात्रै हुन्छ, पीडा भन्नु त्यति हो ।”

१ सय ६० पटक रक्तदान गर्दा अाफूलाइ कुनै अप्ठेराे नभएकाे भन्दै कर्माचार्यले अहिलेसम्म अाफू स्वस्थ रहेकाे बताउनुभयाे । रक्तदानपछि कुनै शारीरिक समस्या वा कमजोरी हुन्छ भन्नु भ्रम मात्र हाे भन्दै उहाँले अाफूले रक्तदानबाट मानसिक शान्तिसँगै शारीरिक फाइदासमेत पाएकाे बताउनुभयाे ।

चिकित्सकहरूका अनुसार परीक्षणका माध्यमले उपयुक्त ठहर्‍याएका जोसुकै व्यक्तिले रक्तदान गर्न सक्छन् । एचआईभी/एड्स, यौनरोग, हेपाटाइटिस बी र सी लगायतका संक्रामक रोगको उच्च जोखिममा रहेका व्यक्तिले चाहिँ रक्तदान गर्नु हुँदैन । महिनावारी भएका बेला, स्तनपान गराउने अवस्था रहेका बेला पनि रक्तदान गर्नु हुँदैन ।

शनिबार भएकाे रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष सुरेश प्रधान सहित सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ, मेडिकल सुपरिटेण्डेण्ड डा.दया पन्त, हाडजाेर्नी विशेषज्ञ शरण लिम्बु, बेसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधान, मर्स्याङ्गदी बहुमुखी क्याम्पसका उप प्राध्यापक जनक बस्नेत लगायतकाे उपस्थिति थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *