बालगृहका बालवालिकालाई न्यानो कपडा

शान्ता कमली
लमजुङ १८ मंसिर
बेसीशहरमा रहेको आदर्श महिला तथा वाल विकास केन्द्रको बालगृहमा बस्दै आएका बालवालिकालाई न्यानो कपडा प्रदान गरिएको छ ।

मिस गुरुङ इन्टरनेशनल २०१८ का विजेता वविता गुरुङद्धारा आयोजित मिस्टर एण्ड मिस लमजुङ २०१९ का विजेता र सहभागीले बालगृहमा रहेका ११ जना बालबालिकालाई ७ हजार बराबरको १२ थान स्वीटर वितरण गरेका हुन् । साथै उक्त समुहले बेसीशहरमा रहेको मानव सेवा आश्रममा पनि ७ हजार बराबरको खाद्यन्न सहयोग गरेको मिस गुरुङ इन्टरनेशनल २०१८ का विजेता वविता गुरुङले बताउनु भयाे । न्यानो कपडा पाएसँगै बालबालिकाहरु खुसी भएका छन् । उनीहरु जाडोमा न्यानो कपडा पाएकोमा असाध्यै खुसी देखिन्थे । बालगृहका बालबालिकाहरुले सहयोग गर्न आएका विभीन्न निकायका व्यक्तिलाई पुन सहयोग गर्न आग्रह समेत गरेका छन् ।

समूदायको मुठीदान एवं आर्थिक सहयोगमा सञ्चालन गरीएको बालगृहमा ११ जना असाहय तथा द्धन्दपिडित बालवालिकाले आश्रय लिएका छन् । मुलुकमा सशस्त्र द्धन्दको क्रममा बालबालिका टुहुरा हुन थालेपछि २०६० सालमा द्धन्द्धपिडित तथा असाहय बालबालिका संरक्षण गृह स्थापना गरिएको हो । २०६० सालमा स्थापना भएको बाल गृहलाई विभिन्न संघसंस्था र व्यक्तिहरुबाट सहयोग प्राप्त हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *