संविधान निर्माणको नेतृत्व लिने कांग्रेसलाई नै अब देशको समृद्धिको नेतृत्व दिनुपर्ने

मध्यनेपाल ,करापुटार, (लमजुङ) ३० कात्तिक । लमजुङ र कास्कीबाट आगामी निर्वाचनमा उमेदवार बनेका नेपाली कांग्रेसका नेताहरुले लमजुङ र कास्कीको विकासका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताएका छन् ।

नेपाली काँग्रेस मध्यनेपाल नगरपालिका कार्य समितिले आज मध्यनेपालको करापुटारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका लमजुङ र कास्कीका उम्मेद्वारहरुले उक्त कुरा बताउनुभएको हो ।

सभालाई सम्बोधन गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा कास्की १ बाट प्रतिनिधि सभाका उमेदवार यज्ञबहादुर थापाले यस क्षेत्रको विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । “लमजुङबाट कास्की जोड्ने सबैभन्दा छोटो मोटरबाटो निर्माणमा कांग्रेसले पहल गरेको भन्दै विकास बाहेक मुलकुका जल्दा बल्दा समस्या समाधान गर्न कांग्रेस नै चाहिने भएकाले आगामी निर्वाचनमा कांग्रेसका उमेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।
दोस्रो संविधानसभामा बहुमतमा रहेका कम्युनिष्टहरुले संविधान दिन नसकेको भन्दै थापाले कांग्रेसको नेतृत्व आए पछि मात्र संविधान जारी हुन सकेको बताउनुभयो । उहाँले देशले आर्थिक समृद्धि पनि कांग्रेसले नै दिन सक्ने भन्दै कांग्रेसका उमेदवारलाई मत दिन आग्रह गर्नुभयो । मन्त्री थापाले १६४ वर्ष अगाडि बनेको मुलुकी ऐन काँग्रेसको पालमामा संशोधन भएको स्मरण गराउनुभयो ।
काँग्रेस केन्द्रीय सदस्य एवम् काँग्रेस कास्की क्षेत्र नं १ प्रदेश (क) का उम्मेद्वार जीवन परियारले काँग्रेसको सरकारका पालामा स्वास्थ्य सेवा विमा सञ्चालनमा ल्याईएको र यसबाट लाखौं नेपालीहरु लाभान्वित हुने बताउनुभयो । “स्वास्थ्य विमाका लागि हामी सांसद भएको बेला पहल गरेका हौँ र दिन पनि थालेका छौँ,”– उहाँले भन्नुभयो ।
नेता परियारले दलितको उत्थानका लागि नेपाली काँग्रेसले कानुनी व्यवस्था गरेको बताउँदै काँग्रेसकै पालमा सामाजिक सुरक्षा भत्ता दिन सुरु गरिएको बताउनुभयो । उहाँले काँग्रेसले महिला, दलित, वृद्ध, अपाङलगायतको समस्या समाधानका लागि धेरै काम गरेको उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेस लमजुङ प्रतिनिधी सभाका उम्मेद्वार दिलबहादुर बताउनुभयो ।  घर्तिले समग्र जिल्लाको विकासका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको भन्दै नेपालबाट बाहिरएका ४० लाख युवाहरुलाई देशमै रोजगारी दिएर देशलाई आर्थिक विकासमा लैजानु पर्ने बताउनुभयो ।
नेता घर्तीले लमजुङको विकास काँग्रेसको पालामा भएको भन्दै निर्माण अझ धेरै विकासका लागि काँग्रेसले मार्गदिशा कोरेको स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेस लमजुङ प्रदेश (ख) का उम्मेद्वार कृष्णप्रसाद कोइरालाले बाम एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भएपनि लमजुङमा काँग्रेसको जित आवश्यक रहेको बताउनुभयो ।
उहाँले लमजुङका जनताको विकास र समृद्धिका लागि कांग्रेसको जीत आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले गुरुङ समूदायको हितमा काँग्रेसले पहिलेदेखि नै काम गरेको उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले बाम एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भएपनि लमजुङमा काँग्रेसको जित आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी, लमजुङका निवर्तमान सांसद चन्द्रबहादुर गुुरुङ,  राप्रपाका केन्द्रीय सदस्य हेमजंग गुरुङ, नेपाली काँग्रेस लमजुङ क्षेत्र नं २ का सभापति वृषराज गुरुङ, मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे, महाधिवेश प्रतिनिधी गमप्रसाद गुरुङलगायतले मुलुकको हरेक परिवर्तन नेपाली कांग्रेसले नै गर्दै आएको स्मरण गर्दै कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनको लागि पनि नेपाली कांग्रेसको जीत आवश्यक रहेको बताउनुएको थियो ।