कांग्रेस बरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला लमजुङ आउने

बेसीशहर कार्तिक ३० ।
आगमी मंसिर २ गते नेपाली कांग्रेसका वरीष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइराला लमजुङ आउने भएका छन् ।
लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न उहाँहरु लमजुङ आउन लाग्नु भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका अन्य केन्द्रीय तहका नेताहरुलाई पनि आमन्त्रण गरिएको छ । सम्भव भएसम्म अन्य नेताहरु पनि आउने कार्यक्रम रहेको तर पक्का नभएकाले नाम किटान गर्न नसकिएको नेपाली कांग्रेस चुनाव प्रचार प्रसार समितिले जनाएको छ ।
आमसभामा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा उमेदवार बनेका दीलबहादुर घर्ती, प्रदेश क का उमेदवार गर्जबहादुर गुरुङ, प्रदेश ख का उमेदवार कृष्णप्रसाद कोइराला, जिल्ला कार्य समितिका सभापति भेषबहादुर पौडेल, निवर्तमान सांसद चन्द्रबहादुर कुँवर लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
बेसीशहरको फुलबारी मञ्चमा आयोजना हुने आमसभालाई भब्य बनाउन पार्टीका सबै संयन्त्र परिचालन गरिएको बताइएको छ ।
बाम गठबन्धनको तर्फबाट कार्तिक २९ गते सोही स्थानमा आमसभा आयोजना गरिएको थियो । बाम गठबन्धनको आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि आमसभामा आउने भनिए पनि उहाँ उपस्थित हुन सक्नु भएको थिएन ।