विनास गर्नेलाई मत नदिन मतदाताहरुसंग आग्रह

चण्डीस्थान, (लमजुङ) १ मंसिर । नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले आगामी निर्वाचनमा देशको विनास गर्नेलाई मत नदिन मतदाताहरुसंग आग्रह गर्नुभएको छ ।
निर्वाचन प्रचार प्रसारको क्रममा आज बेसीशहरको वडा नंं ६ चण्डीस्थानमा आयोजित चुनावी सभामा बोल्दै घर्तीले माओवादीले जनयुद्धका क्रममा देशभर १७ हजार बढीले ज्यान गुमाएको र विकास निर्माण ठप्प भएको, भएका भौतिक संरचना पनि ध्वस्त भएको स्मरण गराउँदै नेता घर्तीले मतदान गर्दा विवेक पु¥याउन आग्रह गर्नुभयो ।
१० बर्षसम्म सशस्त्र द्वन्द्ध नभएको भए देशले काँचुली फेरिसक्नेथियो भन्दै नेता घर्तीले विनास गर्नेलाई नभै विकास गर्नेलाई मत दिन आग्रह गर्नुभयो ।
काँग्रेस लमजुङ प्रदेश (ख)का उम्मेद्वार कृष्णप्रसाद कोइरालले लमजुङको विकास काँग्रेस नेतृत्वले गरेको भन्दै अब बाँकी विकासका लागि पनि कांग्रेसको जीत आवश्यक रहेको चर्चा गर्नुभयो । आफू पार्टी सभापति हुँदा जिल्लाको विकासका लागि उल्लेखनीय भूमिका खेलेको भन्दै कोइरालाले आफू सधैं लमजुङको विकासमा क्रियाशील हुने प्रतिवद्धता जनाउनुभयो ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले विकासका लागि कांग्रेसका उमेदवारहरुलाई जिताउन आग्रह गर्नुभयोे
नेपाली काँग्रेस लमजुङका पूर्व ुभापति तुलसीनारायण श्रेष्ठले मुलुकको हरेक परिवर्तन नेपाली कांग्रेसले नै गर्दै आएको स्मरण गर्दै कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनको लागि पनि नेपाली कांग्रेसको जीत आवश्यक रहेको बताउनुभयो ।