खुलेर कुरा गर्छन् बालिकाहरु

शान्ता कमली

बेसीशहर, मंगसिर १८  । पहिले पहिले मनिावारी हु“दा समेत विद्यालयमा अनुपस्थित हुने गरेका लमजुङका बालिकाहरु अहिले आफ्नो समस्या खुलेर भन्न सक्ने भएका छन् । पहीले त उनीहरु विद्यालयमा शिक्षक शिक्षिकाले महिनावरी भएको थाहा पाउ“छन् भनेर विद्यालय जादैन्थे तर उनीहरुमा अहिले परिवर्तन आएको छ ।
लमजुङका सरकारी विद्यालयमा पढ्ने बालिकाहरुलाई लक्षित गरी सञ्चालन गरिएको बहिनी शिक्षाका लागी दिदी कार्यक्रमका कारण यस्तो परिवर्तन सम्भव भएको हो । बिहीबार सदरमुकाम बेसीशहरमा आयोजना गरीएको जिल्लास्तरीय बालिका सञ्जाल अन्तक्रियात्मक वैठकमा यस्तो कुरा बताइएको हो । यस कार्यक्रम मार्फत सिमान्तकृत किशोरीहरुलाई आधारभुतबाट माध्यमिक शिक्षा र माध्यमिकबाट उच्च माध्यमिक शिक्षामा स्थानान्तरण, दीगो जीविकोपार्जन वा शिक्षाको निरन्तरतालाई सवलिकरण गर्ने परिकल्पना गरिएको छ ।
सन् २०१७ अप्रिल १ बाट दोस्रो चरणको परीयोजना शुरु भएको हो । ग्लोबल एक्सन नेपाल ईकाई कार्यलय बेसीशहर लमजुङले बिहिबार एक कार्यक्रमको आयोजना गरी सोही परीयोजनाको बारेमा जानकारी गराएको हो ।
परियोजना अन्तर्गत चार जिल्लाका ५६ बिद्यालयमा कार्यक्रम संचालन भएका कार्यक्रममा जानकारी दिइयो । दोस्रो चरणको कार्यक्रमले ठूली दिदी सानी बहिनी अनुगमन, सहपाठी सिकाइ सहयता, कर्मचारी सहकार्य, शिक्षक र जिल्ला शिक्षा कार्यलयलाई प्रशिक्षण, स्वयंसेवी भुमिकामा विस्तृत विविधताद्वारा सामुदायिक संलग्नता, श्रोत साझेदारहरु र कार्यन्वयन साझेदारहरु वीच विशेषज्ञता साझेदारी जस्ता प्रयासहरुलाई समाबेस गरिएको छ ।
बहिनी शिक्षाका लागी दिदी कार्यक्रमको पहिलो चरण लमजुङमा २०१३ बाट २०१७ सम्म सफलतापूर्वक संचालन भएको थियो । लमजुङमा पहिलो चरणको कार्यक्रम सफल भएपछि यसलाई निरन्तरता दिनको लागि दोस्रो चरणको कार्यक्रम शुरु भएको हो । दोस्रो चरणको कार्यक्रम २०२१ मार्च ३१ सम्म चल्नेछ । यस कार्यक्रमको कुल १ करोड ७८ लाख ७१ हजार दुई सय रुपैया“ रहेको बताइएको छ ।
बिहिबार बेसीशहरमा आयोजना गरीएकोसारेकारवाला अभिमुखीकरण कार्यक्रममा यस परियोजनाले पहिलो चरणमा सञ्चालन गरेको गतिबिधि र दोस्रो चरणमा संचालन हुने कार्यक्रमहरुको बारेमा जानकारी गराइएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि, बिभिन्न बिद्यालयका प्रअहरु, संचारकर्मी लगायत सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *