साहित्यकार तथा बाल अधिकारकर्मी घिमिरेको पुलिस अंकल बजारमा

साहित्यकार तथा बाल अधिकारकर्मी नवीनचन्द्र घिमिरेको बाल उपन्यास पुलिस अङ्कल बजारमा आएको छ । लामो समयदेखि बालअधिकार र साहित्यमा क्रियाशील घिमिरेको यो दोस्रो कृति हो । कृतिको हालै काठमाण्डौंमा विमोचन गरिएको छ ।
पुलिस अङ्कल बालसाहित्यको मैदानमा चलेका लेखकीय प्रवृत्तिभन्दा फरक प्रवृत्तिमा लेखिएको बाल उपन्यास हो । दश बर्ष मुनिका बालबालिकालाई लक्षित गरी उपन्यास लेखिएको छ । समाजमा अभिभावकले बालबालिकालाई पुलिस अर्थात् प्रहरीलाई डर देखाउने र खलपात्रका रुपमा परचित गराएर तर्साउने गलत संस्कार तथा अभ्यास रहेको बालमनस्थितिमा प्रहरीका प्रति नराम्रो छाप पर्न गएको विषय र प्रहरी संगठन र प्रहरी पदाधिकारीले नागरिकको संरक्षण र सुरक्षाका लागि कसरी काम गर्छन् भन्ने कुरा यो उपन्यासमा लेखिएको छ ।
पुस्तकमा प्रहरीसंग बालबालिका र अभिभावकलाई भावनात्मकरुपमा जोड्ने प्रयाससमेत गरिएको छ । बालबालिका संरक्षण र सुरक्षाका दृष्टिले बढी जोखिममा पर्ने र पर्नसक्ने उमेर समूह भएकाले प्रहरीको व्यवहार पनि बालबालिका अनुकूल र बालमैत्री हुनुपर्छ भन्ने सन्देश पनि उपन्यासले दिएको छ । घिमिरेको यो कृति बालबालिकाका अलावा प्रहरी र अभिभावकले पनि पढ्नु पर्ने समालोचकहरुले बताएका छन् ।
२०३२ भाद्र ३१ गते लमजुङ भोर्लेटारमा जन्मेका घिमिरेको यसअघि “यात्रा बराहपोखरीको, सन्दर्भ पर्यटन साहित्यको” नामक यात्रा संस्मरण र चेतना सम्बाद नामक चित्रकथा प्रकाशित छन् । विभिन्न साहित्यिक पत्रपत्रिकाको सम्पादनसमेत गर्नुभएका उहा“का थुप्रै कविता, गीत, गजलसमेत विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् भने थुप्रै बालकविता संग्रह, गीत तथा गजल संग्रह र फुटकर कविताहरु प्रकाशोन्मुख छन् ।
साहित्यिक पारिवारिक वातावरणका कारण साहित्यमा आकर्षित हुनु भएका घिमिरे लामो समयसम्म बालकल्याण समिति अन्तरगत बाल अधिकार अधिकृतका रुपमा समेत जागिरे हुनुभयो । लमजुङ र काठमाण्डौं लगायतका स्थानमा बालअधिकारको क्षेत्रमा क्रियाशील रह“दा बालसाहित्यमा बढी लगाव हुन थालेको उहा“को भनाइ छ । “बालअधिकारको क्षेत्रमा क्रियाशील भैसकेपछि बालबालिकाका सामीप्यतामा धेरै रहने अवसर प्राप्त भयो, जसका कारण उनीहरुको मनोविज्ञान, भावना, धारणा, क्रियाकलाप, हर्ष अनि दुःखलाई अत्यन्तै नजिकबाट नियाल्ने अवसर समेत प्राप्त भयो । बालबालिकाका तिनै भोगाई तथा मनोविज्ञानलाई साहित्यका माध्यमबाट प्रस्तुत गर्न सकिन्छ भन्ने लागेर समय समयमा बालबालिका नै भएर बालसाहित्यभित्रका विविध विधामा कलम चलाउने गर्छु ।”–उहा“ले भन्नुभयो ।
बालअधिकारको क्षेत्रमा क्रियाशील रहेकै बेला २०६५ मा उहा“ महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयबाट उत्कृष्ट बालसंरक्षण अधिकृतको रुपमा पुरस्कृत हुनु भएको थियो । यसबाहेक थुप्रै पुरस्कारबाट सम्मानित उहा“ बालअधिकारलाई प्रवद्र्धन गर्नका निमित्त बालसाहित्यका माध्यमबाट धेरै कार्यहरु गर्न सकिने बताउनुहुन्छ । बालअधिकारका चारवटै क्षेत्र बा“च्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारको क्षेत्रमा बालबालिकाका निमित्त धेरै सिर्जनाहरु दिएर बालसाहित्य बालअधिकारको प्रवद्र्धन, प्रचार प्रसार र कार्य गर्नका लागि एक महत्वपूर्ण माध्यम हुनसक्ने ठम्याइ उहा“को छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *