महिला र पुरुषको संयुक्त प्रयासले नै लैङ्गिक हिंसाको अन्त्य गर्न सकिने

धमिलीकुवा मङ्सिर १८  । महिला र पुरुषको संयुक्त प्रयासले नै लैङ्गिक हिंसाको अन्त्य गर्न सकिने यहा आयोजित एक कार्यक्रमले सन्देश दिएको छ ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सफल बनाउन यहा“ आयोजना गरिएको जोडी हाजिरीजवाफ प्रतियोगिताले यस्तो सन्देश दिएको हो । श्रीमान् र श्रीमतिबीचको सम्बन्ध सुमधुर र बलियो बनाउने उद्देश्यले आयोजित प्रतियोगितामा लैङ्गिक हिंसा कम गराउने सवाल मात्र होइन, आपसी जिम्मेवारी, कर्तब्यबोध गराउने र नया“ संविधानमा महिला, बालबालिकाका हकको प्रत्याभू्त गरिएका कानुनी प्रावधानका बारेमा पनि जानकारी गराउने खालका प्रश्नहरु सोधिएका थिए ।
महिला र पुरुषलाई समान अस्तित्वबोध गराउने शब्द के हो ? संविधानको कुन धारामा छोरा र छोरीलाई समान अधिकार दिइएको छ ? कुन धारामा महिलाको हक सुनिश्चित गरिएको छ ? कानुनमा महिला पुरुषको विवाहको उमेर कति तोकिएको छ ? गर्भवती भएपछि बच्चा नजन्मदासम्म कति पटक गर्भ परीक्षण गराउनु पर्छ ? बच्चा जन्मनासाथ दिइने पहिलो खोप को नाम के हो ? लगायतका प्रश्न प्रतियोगिताका क्रममा सोधिएका थिए ।
सामान्य उमेर समूहदेखि ६५ बर्ष उमेर समूहसम्मका गरी १४ जोडी प्रतियोगितामा सहभागी थिए । सोधिएका प्रश्नमध्ये सहभागीले एक चरणमा ८० प्रतिशतको सही उत्तर दिएका थिए । प्रतियोगितामा  गोमा हटुवाल र तर्कबहादुर हटुवालको जोडी प्रथम, विना पाण्डे र तुलसीराम पाण्डको जोडी द्धितिय, भगवती पाण्डे र यादवराज पाण्डेको जोडीले तृतीयस्थान प्राप्त गरेका थिए । सहभागी सबै एसएलसी अनुत्तिर्ण हुन् ।
समाजमा महिला र पुरुष मिलेरनै लैंगिक समानता कायम गर्न  सकिन्छ र हिंसा रोक्न सकिन्छ भन्ने सन्देश दिन यस्तो कार्यक्रम आयोजना गरिएको महिला तथा बालबालिका कार्यालयका प्रमुख विष्णुमाया पौडेलले बताउनुभयो । श्रीमान र श्रीमती संगै बस्न लजाउने परिपाटीको अन्त्य गर्न पनि कार्यक्रम फलदायी हुने उहा“को विश्वास छ ।
कार्यक्रममा राइनास नगरपालिकाका उप मेयर धनकुमारी गुरुङले महिला हिंसा अझै पनि सामाजिक रोगको रुपमा रहेको चर्चा गर्दै यस्ता घटनालाई निर्मुल पार्न आफू कटिबद्ध रहेको बताउनुभयो ।
‘लैंगिक हिंसा अन्त्यको लागि सबै जुटौ ः कोही नछुटौ’ भन्ने नाराका साथ सुरु भएको १६ दिने अभियानको अवसरमा आयोजित उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले हिंसा घरबाटै सुरुहुने भएकाले यसको अन्त्य पनि घरबाटै हुनुपर्नेमा जोड दिनुभयो । लमजुङका प्रहरी नायव उपरीक्षक पदम बहादुर विष्टले हिंसाका घटना पछिल्लो समयमा प्रहरीमा आउने गरेको जानकारी दिनुभयो ।  प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने जोडीलाई करुवा, गम्छा र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।
लैङिगक हिंसा विरुद्धको जिल्ला संयोजन समिति लमजुङको आयोजना र मार्गदर्शन महिला बहुद्देश्यीय सहकारी संस्था राइनासको सहयोगमा सम्पन्न कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष इन्द्र बहादुर मल्ल, पत्रकार महासंघ लमजुङका कोषाध्यक्ष शान्ता कमली, स्थानीय राजनितीक दलका प्रमुख एवं प्रतिनिधी लगायत स्थानियको सहभागिता थियो ।