लमजुङका किसानहरु गुणस्तरको आधारमा अलैंची विक्री गर्दै

शान्ता कमली

बेसीशहर मंगसिर १८

लमजुङका किसानहरुले यसबर्ष देखि गुणस्तरको आधारमा अलैंची विक्री गर्ने भएका छन् । अलैंचीको आकार अनुसार र स्तरमापन गरी अलैंचीको विक्री गर्ने तयारीमा किसानहरु रहेका छन् ।
अलैंचीको स्तरलाई तीन तहमा छुट्र्याइएको छ । सबैभन्दा उच्चस्तरको अलैंची “जम्बो जेट” (जेजे), मध्यम खालको (एसडी) र चलनचल्ती गरी तीन तहमा अलैंचीको गुणस्तर कायम गरिएको नेपाल अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।
अध्यक्ष तामाङका अनुसार उच्चस्तरको जम्बो जेट अलैंची आकारमा ठूला हुन्छन् भने प्रतिकेजी छसय ८० देखि सातसय रुपैयासम्ममा विक्री हुन्छन् । दोस्रो तहको मध्यम आकरको अलैंची प्रतिकेजी मुल्य ६५० देखि ६७० रुपैयासम्म र तेस्रो तहको सामन्य चलनचल्तीको अलैंचीको मुल्य प्रतिकेजी छसय रुपैया तोकिएको छ ।
गतवर्षको तुलनामा यसवर्ष अलैंचीको मुल्यमा भारी गिरावट आएको छ । अघिल्लो वर्षहरुमा “जम्बो जेटको” मुल्य प्रतिकेजी एकहजार एकसय देखि एकहजार चारसय रुपैयासम्म पर्दथ्यो भने मध्यम अलैंचीको मुल्य प्रतिकेजी एकहजार एकसय देखि एकहजार तीनसय र सामन्य चलनचल्तीको अलैंची एकहजार देखि एकहजार दुईसय रुपैयासम्म खरिदविक्री भएको
थियो ।
अध्यक्ष तामाङका अनुसार दुई वर्षयता अन्तराष्ट्रिय बजारमा अलैंचीको मुल्यमा लगातर गिरावट आएका कारण मूल्य घटेको हो । भारतमा अलैंची उत्पादनमा अस्वाभाविक वृद्धि र न्युन गुणस्तरको अलैंची मिसावट भएकाले पनि मूल्यमा गिरावट आएको अध्यक्ष तामाङ बताउनु हुन्छ । “अन्र्तराष्ट्रिय बजारमा आफ्नो पहिचान कायम गर्नका लागि हामीले गुणस्तर निर्धारण गरीरहेका छौ ” अध्यक्ष तामाङले भन्नुभयोे ।
अलैंचीको गुणस्तर कायम राख्नका लागि संघले सुधारीएको अलैंची भट्टीमा अलैंची सकाएर पुच्छर कैचीले काट्ने कार्य गरीरहेको तामाङले जानकारी दिनुभयो । जिल्लामा उत्पादित अलैंची झापाको विर्तामोडबाट भारत हुदै अन्र्तराष्ट्रिय बजारमा पुग्ने गरेको छ । जिल्लाको साविक ४० गाविसमा लगाइएको अलैंची खेतीबाट यस वर्ष करिब छसय क्विन्टल अलैंची उत्पादन हुने अनुमान गरीएको छ । अध्यक्ष तामाङका अनुसार गतवर्ष भने जिल्लामा आठसय २१ क्विन्टल अलैंची उत्पादन भएको थियो । यसवर्ष भने बोटहरु पुराना भएकाले उत्पादनमा हस आएको छ ।
यसवर्ष दोर्दी गाउ“पालिका ८ खिन्चोकका मनबहादुर तामाङले आठ क्विन्टल, जिल्लामा सबैभन्दा बढी अलैंची उत्पादन गर्नुभएको छ भने दोर्दी ८ कै तीर्थ तामाङले साढे ६ क्विन्टल र मस्र्याङ्दी गाउ“पालिका ७ छिनखोलाका लाल बहादुर तामाङले  साढे ५ क्विन्टल अलैंची उत्पादन गर्नु भएको छ ।
हाल नेपालका ३८ जिल्लामा अलैंची खेती विस्तार भईसकेको छ भने विभीन्न क्षेत्रमा अलैंचीको आकर्षण बढ्दो छ । नेपालमा उत्पादित अलैंची अब आफ्नै ट्रेडमार्कमार्फत तेस्रो मुलुक पठाउने तयारी व्यवसायीहरूले गरिरहेका छन् । अलैंचीको भण्डारण र सुकाउने तरिका परम्परागत भएकाले केही ठाउ“का अलैंचीको गुणस्तरमाथि प्रश्न उठेको व्यवसायी बताउ“छन् ।
यस वर्ष अलैंची बिक्रीबाट लमजुङका किसानले ४ करोड ८० लाख आम्दानी गर्ने भएका छन् । जिल्लामा उत्पादन घटेसंगै आम्दानीमा स्वतः कमी आएको नेपाल अलैंची व्यावसायी महासंघ लमजुङले जनाएको छ । गतवर्ष अलैंची विक्रीबाट लमजुङका अलैंची कृषकले १४ करोड रुपैया आम्दानी गरेका थिए । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार लमजुङमा नौ सय ५० हेक्टर जमीनमा अलैंची खेती गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *