मर्स्याङ्गदी गाउँपालिकाको आर्थिक कार्यबिधी २०७४ पारित

बेसीशहर, मंसिर १९
मस्र्याङ्दी गाउँपालिकाले आर्थिक कार्र्यिबधी २०७४ पारित गरेको छ । गाउँ पालिकाको दोस्रो गाउँसभाले केही नयाँ योजनाहरु छनोट गर्नुका साथै बजेट समेत विनियोजन गरेको हो । गाउँसभाले एफ.एम. रेडियो ब्यबस्थापन तथा संचालन कार्यविधि २०७४ पनि पारित गरेको छ ।
सभाले कृषितर्फ ३९ लाख ६९ हजार, पशुतर्फ ५२ लाख ५ हजार महिलातर्फ ५ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाका आसक्त, असाहय, विपन्न कोषका लागि ५ लाख बजेट छुट्याएको छ । गाउँसभाले २० विभिन्न योजना थप गरेको छ ।
गाउँसभाले गाउँपालिकाभित्रका विद्यालय सुधारको निम्ति विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँगको भेला गर्ने, ल्याण्डफिल्ड साइट निर्माण र व्यवस्थापन बारे प्रकृया शरुवात गर्ने, पर्यटकीय गाउँहरुमा घरबास कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो । यसका लागि हाल होमस्टे सञ्चालन रहेका घनपोखरा, सिउरुङ, ढंगै, मिप्रा, छापा, कालाघिरिङ, सन्जापु, खानीगाउँ, भिरपुस्तुन, उस्ता, नयाँगाउँ, भुष्मे र भलामचौरका होमस्टे सञ्चालकहरुसँग पुस २ गते अन्र्त्क्रिया गरिने बताइएको छ ।
गाउँसभाले गाउँबाट निकासी हुने अलैंचीमा प्रतिकेजी ५ रुपैयाँ कर लगाउने निर्णय पनि गरेको छ । त्यस्तै उपाध्यक्ष विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्नुको साथै गाउँपालिकाको कार्यालय रहेको भवनमा माथिल्लो तला थप्ने निर्णय गरेको छ । यसैगरि गाउँ गाउँमा उपलब्ध विज्ञहरु सहितको उपस्थितिमा गाउँको सम्भावनाहरुमा बारे भेला छलफल गर्ने, माध्यामिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन इन्टरनेट जडान गराईदिने, तरकारी, फलफुल तथा पशुपालनको कृषि उत्पादन पकेट क्षेत्र बनाउने, लगायतका निर्णयहरु भएका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *