एनआई सी एशिया बैंकको नया शाखा बेसीशहरमा

बेसीशहर, मंगसिर १९  । नीजि क्षेत्रको अग्रणी वित्तिय संस्था एनआई सी एशिया बैंकले लमजुङ सदरमुकाम बेसीशहरमा  पनि नया“ शाखा स्थापना गरेको छ ।
“बैैंक पनि साथि पनि” भन्ने नारा लिएको यो बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले लमजुङमा शाखा संचालन गरिएकोे जनाएको छ । यो उसको १४१ औं ंशाखा कार्यालय हो । बैंकले  २० औं बर्ष प्रवेशको अवसरमा सेवाग्राहीलाई लक्षित गरी पूर्णतया अनलाइन प्रविधि मार्फत सेवा प्रदान गरेको बताएको छ ।
बैंकले नेपालको ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत सशक्त उपस्थिती जनाएको दावी गरेको छ ।
सर्वसाधारणको वित्तीय पहु“चलाई थप सशक्तिकरण गर्दै नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम प्रत्येक भौगोलिक क्षेत्रमा बैंकिंग पहु“च अभिवृद्धी गर्ने अभिप्रायले बैंकले चालु आर्थिक वर्र्षिभत्र शाखा संख्या दुईसय भन्दा बढी, एटीएम संख्या चारसय भन्दा बढी, शाखा रहित बैंकिंग सेवा दुईसयभन्दा बढी, पीओएस संख्या २ हजारभन्दा बढी तथा रेमिट्यान्स पे–आउट एजेन्ट १० हजार भन्दा बढी कायम गर्ने जनाएको छ ।
१९ बर्ष अघि विराटनगरमा क्षेत्रीय बैंकको रुपमा स्थापित यस बैंकले २०७० सालमा बैंक अफ एशिया नेपाल लिमिटेडसंग गाभिइ एनआइसी एशिया बैंकको रुपमा सञ्चालनमा ल्याएको थियो ।
विद्युतीय बैकिङलाई अझै प्रभावकारी रुपमा अघि बढाउन पूर्णतया अनलाइन ‘एएसबीए’ प्रणाली मार्फत शेयर आवेदन, पूर्णतया अनलाइन खाता खोल्ने सुविधाहरु विस्तार गर्ने तथा कर्जा स्वीकृतीका लागि ‘स्कोर कार्ड मोडल’ लागु गर्न लागेको बंैकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *