जीतहारको टुंगो केही दिनमै हुने, जित्ने आ–आफ्नो दावी कायमै

बेसीशहर, मंगसिर १९  । दोस्रो चरणको निर्वाचन आउन अब दुई दिनमात्र बाकी छ । लमजुङ लगायत ३२ वटा जिल्लामा पहिलो चरणमा मंसिर १० गते निर्वाचन भएको हो । अब २१ गते दोस्रो चरणको निर्वाचन सकिएलगत्तै देशभर एकैसाथ मतगणना गरिंदै    छ । शुरुमा प्रतिनिधिसभाको मतगणना गरिने छ ।
पहिलो चरणमा निर्वाचन भएका जिल्लाका उमेदवार, दलका नेता कार्यकर्ता र मतदातालाई समेत निर्वाचन परिणामको कौतुहल जागेको छ । बाहिर देखाउनका लागि आफू र आफ्नो पार्टीले जित्ने दावी गरिरहेका उमेदवारसहित दलका नेता कार्यकर्तालाई  भित्रभित्रै भने डर लागिरहेको छ । जनताको अभिमत मतपेटिकामा बन्द छ । जनताले कसलाई मत दिएका छन्, कसैलाई थाह छैन । बाहिर दलका नेता कार्यकर्ताले जित्ने दावी गरे पनि भित्रभित्रै उनीहरु कतै पराजित पो होइने हो कि भनेर उमेदवारहरु समेत डराएका छन् तर बाहिर प्रकट हुन दिइरहेका छैनन् ।                 लमजुङमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनकाबीच तीब्र प्रतिस्पर्धा छ । गएको स्थानीय निर्वाचन अघिसम्म कांग्रेस लमजुङमा सबै भन्दा बलियो दल थियो । स्थानीय निर्वाचनमा बामपन्थी गठबन्धन र कांग्रेसभित्रको अन्तरद्वन्द्धका कारण कांग्रेसले अपेक्षाकृत नतिजा निकाल्न सकेको थिएन । अहिलेको निर्वाचनमा बामपन्थी दलहरु पुनः एक भएर निर्वाचन लडेपछि कांग्रेसलाई थप चुनौति आइलागेकोे थियो र आन्तरिक द्वन्द्ध धेरै हदसम्म मिलाउने कोशिस गरेको थियो । बामपन्थी गठबन्धन र पछि हुने भनिएको एकताले कांग्रेसहरुलाई एक हुन दवाव दिएको हो ।
लमजुङमा दुई ठूला पार्टी नेकपा एमाले र माओवादी केन्द्र एक भएर चुनाव लड्दा बलियो हुनु स्वभाविक हो । तर जति बलियो भए पनि कांंग्रेसलाई हराउन सजिलो भने छैन । न त कांग्रेसलाई पनि बाम गठबन्धन हराउन सजिलो छ । कार्यकर्ताहरुको भरमा मात्र निर्वाचनमा जीत हार नहुने भएकाले तटस्थ मतदातालाई आकर्षित गर्न सक्नेको नै जीत  हुने पक्का छ । निर्वाचनमा दुवै पक्षले मतदातालाई आफूतिर आकर्षित गर्न सक्दो कोशिस गरेका थिए ।             निर्वाचन अघि लोकतान्त्रिक र बामपन्थी गठबन्धन दुवैले लमजुङमा प्रतिनिधिसभा सदस्य सहित दुवै प्रदेश सभा सदस्यमा निर्वाचन जित्ने दावी गरेका थिए । निर्वाचन अघि माहौल बनाउन यस्तो दावी गर्नु स्वभाविक थियो । तर निर्वाचन पछि तीनवटैमा जीत निकाल्न सकिन्छ भन्नेमा दुवै गठबन्धन ढुक्क भने छैनन् ।
बाम गठबन्धनले धेरै शक्ति प्रदेश ख मा लगाएको प्रतित भयो । एमालेका केन्द्रीय सचिव उमेदवार हुनु र प्रदेश ४ का भावि मुख्यमन्त्रीको रुपमा पृथ्वीसुब्बा गुरुङलाई प्रचार गरिएकाले एमालेको लागि गुरुङको जीतले ठूलो अर्थ राख्छ । तसर्थ एमालेले प्रदेश २ लाई बढी महत्व दिएको पाइयो । माओवादी केन्द्रले देव गुरुङको लागि बढी बल गरेको अबस्थामा प्रदेश क का उमेदवार धनञ्जय दवाडीको प्रचार प्रसारसमेत आक्रामक थियो । कांग्रेसको भने बचाउ शैलीको थियो । कांग्रेसका लागि राप्रपा नेता हेमजंग गुरुङलगायतले समेत भोट माग्दै थिए ।             प्रदेश क का कांग्रेस उमेदवार गर्जबहादुर गुरुङ र ख का उमेदवार कृष्ण कोइराला र  प्रतिनिधिसभाका उमेदवार दीलबहादुर घर्तीको प्रचार अभियान बाम गठबन्धन भन्दा कमजोर रहेको आ“कलन गरिएको छ ।
सर्वत्र निर्वाचनको परिणाम बारे कौतुहल छाएका बेला बाम गठबन्धनकै कतिपयलाई लमजुङमा बामपन्थीहरुको मात्र विजय हुन्छ भन्ने लागेको छैन । एक एमाले नेता भन्छन् “मैले सार्वजनिक रुपमा भन्न हु“दैन, सबैतिर बाम गठबन्धन नआउन सक्छ, यद्यपी प्रदेश ख मा पृथ्वीसुब्बा गुरुङकै जीत हुन्छ” उनले भने । उनले पनि गुरुङकै जीतमा जोड दिएकाले एमालेले प्रदेश खको जीतलाई पार्टीकै प्रतिष्ठासंग जोडेको स्पष्ट हुन्छ । किनकी गुरुङ पार्टीका केन्द्रीय सचिव समेत हुन्् ।
दलहरुको आफ्नै दावी रहदै गर्दा लमजुङका एक कर्मचारीको दावी भने फरक छ । “हामी कर्मचारीको नाम नराख्दिनु होला, मेरो अनुमान गलत हुन सक्छ तर मलाई प्रदेश क मा गर्जबहादुर, ख मा पृथ्वीसुब्बा गुरुङ र प्रतिनिधिसभामा दीलबहादुर घर्तीले चुनाव जित्छन् जस्तो लाग्छ ।” गुरुङहरुको बाहुल्य रहेको लमजुङमा गुरुङ उमेदवारले चुनाव जित्ने सम्भावना पनि बढी देखिनुलाई अस्वभाविक मान्न नसकिए पनि माओवादी केन्द्रका उमेदवार देव गुरुङ निर्वाचन चिन्हका कारण चुनाव हार्ने अनुमान उनको छ । उनका अनुसार मतदानका क्रममा प्रतिनिधिसभा तर्फको मतपत्रमा सुर्य चिन्ह खोजेर मतदाताहरु अन्यौलमा परेका थिए । यस अघि सुर्य चिन्हमा मत दिइरहेका मतदाताहरु मतपत्रमा सुर्य चिन्ह नै नदेखेपछि अलमलिएका उनले देखेको बताए । जसको प्रत्यक्ष असर देव गुरुङलाई पर्न जाने उनको तर्क छ । जुन अस्वभाविक पनि छैन ।
कांग्रेसका धेरै नेता कार्यकर्र्र्ता पनि प्रतिनिधि सभामा दीलबहादुर घर्तीको जीत हुनेमा ढुक्क छन् । “कोइरालाले के गर्छन् भन्न सकिन्न तर प्रतिनिधिसभामा घर्ती र प्रदेश क मा गर्जबहादुरकै जीत हुने दावी एक कांग्रेस नेताको छ । उनका अनुसार प्रदेश ख मा गुरुङ र कोइराला जसले जिते पनि मत अन्तर झिनो रहन्छ ।
तर बाम गठबन्धनका नेताहरु प्रतनिधिसभा र दुवै प्रदेशसभा सदस्यमा बाम गठबन्धनकै जीत हुने दावी गर्छन् र भन्छन् “हामीले जितीसकेका छौं, घोषणा हुन मात्र बा“की हो ।”दुवै गठबन्धनको दावी जे जे रहे पनि अब जनताको फैसला मंसिर २२ देखि २५ भित्र थाह हुनेछ । लमजुङमा मंसिर २१ गते बेलुका बाट मतगणना शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *