यमनमा गहिरिंदो संकट

एजेन्सी, मंसिर २० ।
यमनका हुथी विद्रोेहीहरुले आफुहरुले यमनका भूतपूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको हत्या गरेको जनाएका छन् ।
गत हप्तासम्म पनि सालेहका समर्थकहरु हुथी विद्रोेहीहरुसँगै यमनका वर्तमान राष्ट्रपति अब्द्रबुह मनशुर हादीविरुद्ध लडिरहेका थिए ।
तर गत शनिबार सालेहले साउदी अरेबियाले नेतृत्व गरेको गठबन्धनसंग एक प्रस्ताव राख्दै यमनमाथि हमला र नाकाबन्दी अन्त्य गरिएमा उनीहरुसंग नयाँ अध्याय शुरु गर्न सकिने उल्लेख गरेका थिए ।
त्यसपछि हुथी विद्रोेहीहरुले राजधानी सनामाथि पूर्ण नियन्त्रण कायम गर्ने प्रयास गर्नुकासाथै राजधानी छाडन लागेका सालेहमाथि नै हमला गरेका थिए ।
संयुक्त राष्ट्रसंघका अनुसार साउदी गठबन्धनले सन् २०१५ मा हस्तक्षेप गरे यता त्यहाँ महिला तथा केटाकेटी सहित साढे आठ हजार भन्दा बढी मानिसहरुको ज्यान गएको छ भने झण्डै ५० हजार नागरिक घाइते भएका छन् ।
राष्ट्रसंघले त्यहाँ झण्डै ७० लाख मानिसहरुलाई मानवीय सहायता आवश्यक रहेको जनाएको छ । यमन अरव राष्ट्रहरुमध्ये सबैभन्दा गरिब मानिन्छ । सालेहको मृत्युपछि यमनको गरिबी अरु बढ्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *