मतगणनाको समाचार संकलन तथा सम्प्रेषणका लागि मिडिया सेन्टर स्थापना

बेसीशहर, मंसिर २० ।
बिहीबारबाट हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणनासम्बन्धी समाचार संकलन तथा सम्प्रेषणका लागि लमजुङमा मिडिया सेन्टर स्थापना गरिएको भएको छ ।
नेपाल पत्रकार महासंघ लमजुङको समन्वय र मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला निर्वाचन कार्यालय लमजुङको सहयोगमा मतगणनास्थलमा मिडिया सेन्टर स्थापना सम्भव भएको हो ।
मिडिया सेन्टरको एक कार्यक्रमका विच मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले उद्घाटन गर्नुभयोे । सो अवसरमा मुख्य निर्वाचन अधिकृत आचार्यले नागरिकको सूचना पाउने मौलिक अधिकारको सम्मान गर्न मिडिया सेन्टरको स्थापना गरिएको बताउनुभयो ।
मतगणनाको समाचारलाई छिटो र छरितो जनसमक्ष पु¥याउन सहज होस् भन्ने उद्देश्यले समितिको वैठक कक्षलाई मिडिया सेन्टरको रुपमा प्रयोग गर्न सहयोग गरिएको जिल्ला समन्वय समिति लमजुङका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बताउनुभयो ।
देश विदेशमा रहेका नागरिकहरु मतपरिणाम थाहा पाउन तीब्र प्रतीक्षामा छन् । जनताको सुसुचित हने पाउने अधिकारको सम्मान गर्न मतगणनास्थलबाटै समाचार सम्प्रेषण गर्न सकियोस् भनि तीब्र गतिको ईन्टरनेट जडान गरिएको नेपाल पत्रकार महासंघ लमजुङका सचिव सन्देश पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *