निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी आफूले पुरा गरेको प्रधानमन्त्री देउवाको दाबी

२१ मंसिर, डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले चुनाव सार्दैछ भन्नेहरुको मुख बन्द भएको बताउनु भएको छ । आज गृहजिल्ला डडेलधुराको गन्यापधुरा वडा नम्बर १ स्थित असिग्राम मावि रुवाखोला केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी आफूले पुरा गरेको बताउनुभयो ।
‘चुनाव गरेर ऐतिहासिक जिम्मेवारी पूरा गर्न पाएकोमा मलाई औधी खुसी लागेको छ, बरु ओली जीले त भोट हालिसकेपछि पनि चुनाव सर्छ भन्नबेर छैन ।’ प्रधानमन्त्रीले भन्नुभयो ।
प्रधानमन्त्री देउवाले निर्वाचनमा कांग्रेसको बहुमत आउने र कांग्रेसकै सरकार बन्ने दावीसमेत गर्नुभयो । आफू काठमाडौं फर्किने बित्तकै सातवटै प्रदेशको प्रमुख र राजधानी पनि तोक्ने देउवाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *