लमजुङमा प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतगणना शुरु

बेसीशहर, मंसिर २१ ।
लमजुङमा गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतगणना शुरु भएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा आज बेलुकी ५ बजेबाट मतगणना शुरु भएको हो ।
जिल्ला समन्वय समितिको सभाहलभित्र चार ठाउँबाट मतगणना शुरु गरिएको हो । प्रतिनिधिसभाका लागि दुई समुह, प्रदेश सभा क र प्रदेशसभा ख मा एक÷एक समूहले मतगणना सुरु गरेका छन् । प्रतिनिधिसभाका लागि यहाँ ९ दल र एक स्वतन्त्र गरी १० जना उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रदेशसभा क मा विभिन्न दलका गरी ६ जनाको उम्मेदवारी छ । यसैगरी, प्रदेशसभा ख मा ७ दल र एक स्वतन्त्र गरी ८ जनाको उम्मेदवारी रहेको छ ।
मतदाता १ लाख १५ हजार ४ सय ४९ मतदाता रहेको लमजुङमा ७७ हजार ३ सय ४० मत खसेको थियो । प्रदेशसभा क मा ५४ हजार ८ सय ९७ मतदाता रहेकोमा ३६ हजार ६८ मत खसेको थियो । प्रदेशसभा ख मा ६० हजार ५ सय ५२ रहेकोमा ४१ हजार २ सय ७२ मत खसेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । मतगणनाका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *