बेसीशहरमा माइक्रोबस दुर्घटनामा परी एकको मृत्यु, चार घाइते

बेसीशहर, मंसिर २१ ।
लमजुङ सदरमुकाम बेसीशहरमा आज साँझ भएको माइक्रो दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
काठमाण्डौंबाट बेसीशहर आउँदै गरेको ग १ ख २४७६ नम्बरको माइक्रोबस बेसीशहरबजारको पुरानो बैंक चोकमा दुर्घटना हुँदा लमजुंग भुजुंग घर भएकी श्री कुमारी गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकी उनलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेमध्ये ममता गुरुङलाई उपचारको लागि पोखरा लगिएको छ । अन्य घाइतेमध्ये रोशन गुरुङ, अन्जली घले र दीक्षा घलेको सामुदायिक अस्पताल बेसीशहरमा उपचार भइरहेको छ ।
तीब्रगतिमा बेसीशहर बजारमा हुइँकिएको माइक्रोबसले बजारमा हिँडीरहेकाहरुलाई एक्कासी ठक्कर दिएको थियो । माइक्रोचालक दुर्घटनापछि फरार रहेको र निजको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले जानकरी दिनुभयो ।

(यस अघि दुर्घटनामा परि मृत्यु हुनेको नाम अन्यथा हुन गएकोमा भुल सुधार गरि सच्याईएको छ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *