लमजुङ मतगणना अपडेट: प्रतिनिधि सभा र प्रदेश खमा कांग्रेसको अग्रता

बेसीशहर, २१ मंसिर
लमजुङमा मतगणनाको पछिल्लो नतिजा अनुसार प्रतिनिधि सभा र प्रदेश खमा कांग्रेसका उमेदवारले अग्रता लिएका छन् ।
पछिल्लो जानकारी अनुसार प्रतिनिधिसभातर्फ कांग्रेस उमेदवार दीलबहादुर घर्तीले १ हजार ५ सय ७३ मतका साथ अग्रस्थानमा रहनु भएको छ । उहाँलाई बाम गठबन्धनका उमेदवार देवप्रसाद गुरुङले १ हजार ४ सय १० मतका साथ पछ्याइरहनु भएको छ ।
यस्तै प्रदेशसभा ख मा नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद कोइराला १ हजार १ सय २५ मतका साथ अग्रस्थानमा रहनु भएको छ । उहाँलाई बाम गठबन्धनका उमेदवार पृथ्वीसुब्बा गुरुङले १ हजार २१ मतका साथ पछि रहनु भएको छ । प्रदेश ख मा जनसमाजवादी पार्टीका हर्के सार्कीले १८, नयाँ शक्ति नेपालका सरोज दनाईले ५, स्वतन्त्र उमेदवार उत्तम गुरुङले ३ मत पाउनु भएको छ ।
प्रदेश क मा बाम गठबन्धनका उमेदवार धनन्जय दवाडी अग्रस्थानमा रहनु भएको छ । उहाँले १ हजार ३ सय १३ मत पाउनु भएको छ भने उहाँलाई कांग्रेस उमेदवार गर्जबहादुर गुरुङले ९ सय ५१ मतका साथ पछ्याइरहनु भएको छ । नयाँ शक्ति नेपालका राजु थापाले ३० मत पाउनु भएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा प्रतिनिधि सभाको दुई स्थानमा र प्रदेश सभाको दुई स्थानमा मतगणना गरिएको छ । मतगणनास्थलमा कडा सुरक्षा अपनाइएको छ । १० वटा सिसिटिभीले निगरानी गर्नुको साथै उम्मेद्वार र उनका प्रतिनिधिलाई फलामको तारजाली बाहिर राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *