लमजुङ मतगणना अपडेट

बेसीशहर, २१ मंसिर
लमजुङमा मतगणनाको पछिल्लो नतिजा अनुसार प्रतिनिधि सभामा बाम गठबन्धनका देवप्रसाद गुरुङले पुन अग्रता लिनु भएको छ । गुरुङलले २ हजार २ सय ६६ मतका साथ अग्रस्थानमा रहनु भएको छ । उहाँलाई नेपाली कांग्रेसका उमेदवार दीलबहादुर घर्तीले २ हजार २ सय ८७ मतका साथ पछ्याइ रहनु भएको छ ।
प्रदेश क मा पनि बाम गठबन्धनका उमेदवार धनञ्जय दवाडी अगाडि हुनु हुन्छ ।
प्रदेश क मा पनि बाम गठबन्धनका उमेदवार धनन्जय दवाडी अग्रस्थानमा रहनु भएको छ । उहाँले १ हजार ३ सय १३ मत पाउनु भएको छ भने उहाँलाई कांग्रेस उमेदवार गर्जबहादुर गुरुङले ९ सय ५१ मतका साथ पछ्याइरहनु भएको छ ।
प्रदेश खमा भने कांग्रेसका उमेदवारले अग्रता लिएका छन् । प्रदेशसभा ख मा नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद कोइराला १ हजार १ सय २५ मतका साथ अग्रस्थानमा रहनु भएको छ । उहाँलाई बाम गठबन्धनका उमेदवार पृथ्वीसुब्बा गुरुङले १ हजार २१ मतका साथ पछ्याइ रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *