बेसीशहरमा बाम गठबन्धनको विजय जुलुस

बेसीशहर– प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा हात पारेको बाम गठबन्धनले लमजुङमा आइतबार विजय जुलुस निकालेको छ । बेसीशहरको सहजी खेल मैदानबाट शुरु भएको विजय जुलुसले मनाङे चौताराबाट भीमसेनस्थान नारायणस्थान चोक, शेराबजार हु“दै बेसीशहर बजार परिक्रमा गरिरहेको छ ।
जुलुसको बीचमा बाम गठबन्धनका उमेदवारहरु क्रमशः प्रतिनिधिसभा सदस्य निर्वाचित देवप्रसाद गुरुङ र प्रदेश क का निर्वाचित प्रदेश सभा सदस्य धनञ्जय दवाडी र प्रदेश सभा ख का निर्वाचित सदस्य पृथ्वीसुब्बा गुरुङ मतदाता तथा सुभेच्छुकहरुलाई अभिवादन टक्र्याउ“दै बधाइ लिइरहेका छन् । जुलुसमा नेकपा एमालेको चुनाव चिन्ह सुर्य र माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौडा अंकित झण्डा लिएर सयौं कार्यकर्ताहरु सहभागी भएका थिए । सहभागीहरुले बाम एकता बलियो बनाउनु पर्ने लगायतका नाराहरु लगाएका थिए ।
जुलुस फुलबारी मञ्चमा पुगेर सभामा परिणत भएको छ