समानुपातिक तर्फ एमालेले १६ लाख र नेपाली कांग्रेसले १५ लाख मत पाए

बेसीशहर, मंसिर २६

प्रत्यक्षतर्फको मतपरिणाम आइसकेपछि देशैभर समानुपातिक तर्फको मतगणनासमेत तिब्र रुपमा शुरु गरिएको छ ।
सोमबार राती सम्मको मतगणनाको नतिजा अनुसार नेकपा एमालेले सबै भन्दा अगाडि छ । निर्वाचन आयोगका अनुसार एमालेले १६  लाख ५ सय ३४ र नेपाली कांग्रेसले १५  लाख ६ हजार ५  सय ७८  मत पाएको छ । माओवादी केन्द्रले ६ लाख ३२ हजार मत कटाएको छ ।
प्रदेश १ मा एमालेले ३ लाख ६० हजार, कांग्रेसले ३ लाख १० हजार र माओवादीले १ लाख १९ हजार भोट पाएका छन् । प्रदेश २ मा कांग्रेस अघि छ । उसले ८४ हजार मत पाउ“दा राजपा ६२ हजार, संघीय समाजवादीले ५३ हजार, एमाले ४९ हजार  र माओवादीले ३० हजार मत पाएको छ ।
प्रदेश ३ मा एमालेले २ लाख ९२ हजार मत पाउ“दा कांग्रेस २ लाख ३३ हजार र माओवादीले १ लाख ४४ हजार भोट कटाएको छ ।
प्रदेश ४ मा एमालेले २ लाख ४६ हजार र कांग्रेसले २ लाख ४१ हजार मत कटाएको छ । माओवादीले ९४ हजार मत कटाएको छ । प्रदेश ५ मा एमालेले ३ लाख १३ हजार, कांग्रेसले ३ लाख १ हजार र माओवादी केन्द्रले १ लाख ३३ हजार मत पाएको छ । प्रदेश ६ पनि एमालेले १ लाख, कांग्रेसले ९५ हजार मत कटाएको छ भने माओवादीले ७८ हजार मत पाएको छ । प्रदेश ७ मा कांग्रेस अघि छ । उसले १ लाख २६ हजार मत कटाउ“दा एमालेले १ लाख १६ हजारको हारााहरीमा छ ।
लमजुङमा समानुपातिकको मत गणना सकिएको छ । निर्वाचन आयोगका अनुसार लमजुङमा समानुपातिकतर्फ एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छन् । एमालेले प्रतिनिधिसभातर्फ ३३ हजार ३ सय  मत ल्याएको छ भने कांग्रेसले २७ हजार २ सय २९ मत ल्याउदा माओवादी केन्द्रले ७ हजार ८ सय ५ मत ल्याएको छ ।
प्रदेशसभातर्फ एमालेले ३० हजार ९ सय ६ मत ल्याउदा कांग्रेस र माओवादी क्रमशः २३ हजार ८ सय ८० र ८ हजार ८ सय २१ मतमा रोकिएका छन् ।
लमजुङमा कांग्रेस एमाले र माओवादीबाहेक राप्रपा, नया शक्ति, विवेकशील साझा, राप्रपा प्रजातान्त्रिक, जनसमाजवादीसहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी),नेपाली जनता दल, मंगोल नेशनल अर्गनाइजेसन,राष्ट्रिय जनमुक्ति पार्टी,राष्ट्रिय मुक्ति आन्दोलन नेपाल,राष्ट्रिय जनमोर्चा,नेपाली कांगे्रस (बी.पी.),नेपाल मजदुर किसान पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि समानुपातिकतर्फको मत पाएका छन् । उनीहरुको मत भने कम छ ।