त्रिवेणी कपको २६ औं श्रृंखला पुस १२ गतेबाट शुरु हुने

बेसीशहर पुस २ गते / लमजुङको सर्वाधिक पुरस्कार राशीको राष्ट्रब्यापी त्रिवेणी कप खुल्ला फुटबल प्रतियोगिताको २६ औं श्रृंखला आगामी पुस १२ गतेबाट बेसीशहरमा शुरु हुने भएको छ ।
आयोजक त्रिवेणी युवा क्लवले यसबारे शनिबार जानकारी गराएको हो । बेसीशहरमा पत्रकार सम्मेलनका अयोजना गरी क्लवका अध्यक्ष छविन्द्र गुरुङले बेसीशहरको सहजी खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो । विगतका बर्षहरुमा खेलमैदान सानो हु“दा ९÷९ जना खेलाडी मात्र मैदानमा उतार्ने गरिएकोमा गतबर्षदेखि खेलमैदानको स्तरोन्नति गरी पुरै खेलाडीका साथ प्रतियोगिता सञ्चालन गर्न थालिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
यसबर्ष विगतको भन्दा खेललाई मर्यादित र अनुशासित बनाउन क्लव परिवार कटिबद्ध रहेको सो अवसरमा बताइयो ।
प्रतियोगितामा प्रथम हुने टीमले नगद ३ लाख त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र, द्वितीय हुने टीमले नगद १ लाख ५० हजार, रजत पदक र प्रमाणपत्र प्राप्त गर्र्नेछन् । त्यस्तै सेमीफाइनलमा पुग्ने दुई टीमलाई प्रतिटिम ५० हजार प्रदान गरिने छ । साथै प्रतियोगितामा सर्वाधिक गोल गर्ने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई स्वर्णपदक र प्रमाण पत्रका साथमा नगद १५ हजार पुरस्कारस्वरुप प्रदान गरिनेछ ।
यसबाहेक अनुशासिात टिमलाई १० हजार ट्रफि र प्रमाणपत्र प्रदान गरीने जानकारी गराउ“दै अध्यक्ष गुरुङले आगामी पुस ११ गते भित्र टीमदर्ता गर्न समय तोकिएको बताउनुभयो ।
प्रतियोगिताको सञ्चालनका लागि १९ लाख ५ हजार रुपैया“को अनुमानित खर्च विवरण पत्रकार सम्मेलनमा सुनाइएको थियो ।
प्रतियोगितालाई राष्ट्रियस्तरको बनाउन सहजी रंगशालालाई ११ साइजको बनाइएको छ । धार्मिक महोत्सवको आयोजना गरी रंगशालालाई आवश्यक जगा खरिद गरी मैदानलाई एकसय मिटर लम्बाइ र ६० मिटर चौडाइको बनाइएको छ ।
लमजुङमा फुटबल खेलको पर्याय बनेको त्रिवेणी युवा क्लवले फुटबल खेलको विकास र प्रबद्र्धन गर्ने, ओझेलमा परेका प्रतिभाशाली खेलाडीहरुको प्रतिभा उजागर गरी राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने र युवाहरुमा अनुशासन,  स्वच्छ प्रतिस्पर्धाको भावना विकास गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष गुरुङले बताउनुभयो ।