उदाहरण बनेको दृष्टिबिहीन प्रभात र सभ्यताको जोडी

दिपक अधिकारी

भोटेवडार पुस ४

अपाङ्गता भएका ब्यक्तिहरु प्रति समाजमा हेर्ने दृष्टीकोणमा अझै पनि सकरात्मक बन्न सकेको छैन । अपाङ्गता भएका ब्यक्तिहरुलाई अझै पनि समाजमा दयाका पात्रका रुपमा हेर्ने चलन छ ।  तर अपाङ्गता हुनु दयाको पात्र हुनु होइन, अपाङ्गता भएकाहरुले केही होइन, धेरै गर्न सक्छन् र समाजका उदाहरण बन्न सक्छन् भन्ने प्रमाणित गरेको छ, लमजुङको एक दम्पतीले । समाजको यही मान्यतालाई चुनौति दि“दै छन्, लमजुङका एक दम्पतीले ।
दोर्दी गाउ“पालिका–३, श्रीमञ्ज्याङ्का प्रभात घिमिरे दृष्टीबिहिन हुनुहुन्छ । यद्यपी उहा“ले नेपाली विषयमा स्नातोकोत्तर उतीर्ण गर्नुभएको छ । उहा“ स्थायी शिक्षक समेत हुनुहुन्छ । उहा“ले बेसीशहर नगरपालिका–१, उदीपुरमा रहेको जनकल्याण माविमा पढाउनुहुन्छ । उहा“ आधारभूत तहसम्म पढाउनुहुन्छ । उहा“ले स्नातोकोत्तर समेत पास गर्नुभयो, शिक्षक सेवा आयोग उतीर्ण गरी सरकारी जागिर पनि खानुभयो । तर उहा“लाई जीवनको रथ अगाडि बढाउन जीवनसाथीको खा“चो थियो । आफुलाई बुझ्ने, माया गर्ने र जीवनको पथमा डोहो¥याउने असल जीवनसाथीको खोजीमा हुनुहुन्थ्यो प्रभात । भवानले पनि भन्छन् भनिन्छ नि– त“ आ“ट म पु¥याउ“छु । हो, उहा“ले खोजेजस्तै, रोजेस्तै जीवनसाथीको रुपमा पाउनुभएको छ, सभ्यता गौतमलाई ।
सभ्यताले असाध्यै माया गर्नुहुन्छ, हेरविचार गर्नुहुन्छ प्रभातलाई । प्रभातको हर सुखदुःखमा हात साथ दिनुहुन्छ उहाँले । आफुले मनले चाहेजस्तै असल श्रीमति पाएकोमा दंग हुनुहुन्छ । आनन्दित हुनुहुन्छ, २९ वर्षे प्रभात पनि ।
फेसबुकले गाँसिदिएको नाता
आँखा नदेखे पनि प्रभात विद्यालयमा पुगी विद्यार्थीहरुलाई पढाउनुुहुन्छ । उहाँ फेसबुक समेत सजिलै चलाउनुहुन्छ । उहाँले “स्क्रिन रिडर सफ्टवेयर”को माध्यमबाट एन्ड्रोईड मोवाईलमा फेसबुक चलाउनुहुन्छ । “मोवाईलमा स्क्रिन रिडर सफ्टवेयर छ, यसले लेखेका सबै कुरा पढेर सुनाईदिन्छ, यसैको आधारमा म फेसबुक चलाउँछु, समाचारहरु पढ्छु,” प्रभातले भन्नुभयो ।
प्रभातले सबैभन्दा पहिले मकवानपुर, हेटौँडा–११, नवलपुरकी सभ्यतालाई फेसबुकमा “फ्रेण्ड रिक्वेष्ट” पठाउनुभयोे । धेरै “म्युचुअल फ्रेण्ड” भेटेपछि सभ्यताले प्रभातको “रिक्वेष्ट एसेप्ट” गर्नुभयो । सभ्यता पनि शारीरिक अपांगता भएको व्यक्ति हुनुहुन्छ ।
“उहा“को फेसबुकमा रिक्वेष्ट आयो, मैले उहा“को रिक्वेष्ट स्वीकारे, फेसबुकमा हाम्रो कुराकानी हुन थाल्यो, हामीले आ–आफ्ना सबै कुरा स्पष्ट राख्यौ, हाम्रो विचार मिल्यो, नम्बर पनि साटासाट गर्यौ, कुराकानी चलिरह्यो,–भोटेओडारमा भेटिनु भएकी सभ्यताले मुस्कुराउ“दै भन्नुभयो ।
उहा“हरु बीचमा प्रेम सम्बन्ध सुरु भयो र यसबारे परिवारलाई जानकारी पनि भयो । “तिमीहरु आपसमा मञ्जुर छौ भने बिहे गर” परिवारबाट प्रतिक्रिया आयो । त्यसपछि उहा“हरुले २०७२ साल मंसिर २७ गते “कोर्ट म्यारिज” गर्नुभयो ।         सभ्यताले समाज शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरी सरकारी जागिरे हुनुहुन्छ । उहा“ले लोक सेवा आयोग उत्तीर्ण गरी सहायक महिला विकास निरीक्षकमा नाम निकाल्नुभएको छ । सभ्यताको पढाई, (राम्रो जागिर देखेर बिहे गर्नेहरुको थुप्रै प्रस्ताव आउने गर्दथ्यो । तर उहा“लाई अपांगता भएकै व्यक्तिसंग बिहे गर्ने सोच थियो । बिहे अघिको कुरा सम्झदै सभ्यता भन्नुहुन्छ, “शारीरिक, मानसिक रुपमा सवल केटाहरुबाट पनि मलाई बिहेको प्रस्ताव नआएको होईन, तर मलाई  अपांगता भएकै व्यक्तिसंग बिहे गर्ने मन थियो, उनीहरुको स्वार्थ हुन सक्थ्यो, त्यसैले पनि मैले आफुजस्तै अपांगता भएको व्यक्तिसंग विवाह गरे, म यसैमा खुशी छु ।”
टुट्ने छैन साथ कैल्यै
सभ्यताले प्रभातलाई सघाउन मन्त्रालयबाट स्वीकृति लिएर नतोकिएको काजमा लमजुङ आउनुभएको छ । सभ्यता प्रभातको जीवनमा आएपछि उहा“को जीवनले नया“ मोड लिएको छ । “म एक्लै हु“दा सबै काम आफैं गर्नुपथ्र्यो, आ“खा नदेख्दा झनै समस्या, म शिक्षण पेशामा छु, प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका चेकजा“चमा पनि उनले सघाउ“छिन्, पेशागत जीवनमा पनि उनको साथ सहयोग छ, उनी मेरो संसार हेर्ने आँखाको नानी बनेर आएकी छिन्,” प्रभातले खुशी हु“दै भन्नुभयो । आफुहरुको सम्बन्ध कैल्यै नटुट्ने पनि दुवैको भनाइ छ । “हामीहरु बीचमा बुझाई छ, एकअर्कामा माया छ, त्यसैले हाम्रो यो माया, सम्बन्ध कैल्यै टुट्ने छैन,” एकै स्वर र जोसिलो पारामा उहा“हरुले भन्नुभयोे ।
सभ्यतालाई अधिकृत बन्ने धोको छ । प्रभातलाई क्याम्पस पढाउने प्राध्यापक । “हामीहरु दुवैले स्नातकोत्तर उतीर्ण गरेका छौं, मलाई अफिसर बन्ने मन छ, उहा“लाई प्राध्यापक बन्ने मन छ, हामीहरुले त्यसका लागि मेहेनतका साथ अघि पनि बढेका छौं । दुवैजनाले आ– आफ्नो लक्ष्य सुनाउनुभयो ।
अपांगता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण अलि बेग्लै रहेतापनि आफुहरुको वैवाहिक जीवनलाई लिएर कसैले कुनै खिसीटिउरी नगरेको दुवैको भनाई छ । भन्नुहुन्छ–“माया, प्रेम, विश्वास बुझाई भए, कुनै नातासम्बन्ध कैल्यै टुट्दैन ।”