प्रदेशसभातर्फ समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक

काठमाडौं, ७ पुस ।

निर्वाचन आयोगले हालै सम्पन्न निर्वाचन अन्तर्गत प्रदेशसभातर्फ समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गरेको छ ।
शुक्रबार सार्वजनिक गरिएको नतिजा अनुसार समानुपातिकतर्फ सातै प्रदेशमा गरि कुल २२० सिटमध्ये एमालेले ७५ र कांग्रेसले ७२ सिट जितेका छन् । त्यस्तै माओवादीले ३५, संघीय समाजवादी फोरमले १३, राजपाले १२ सिट, राप्रपा तथ विवेकशील पार्टीले तीनतीन सिट पाएका छन् । अन्य साना दलले एकएक सिट पाएका छन् ।
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ मा नेकपा एमालेल १५, नेपाली कांग्रेसले १३ र नेकपा माओवादी केन्द्रले ५ सिट पाएका छन् । प्रदेश १ मा संघीय समाजवादी फोरमले ३,कमल थापा नेतृृत्वको राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले १ सिट हात पारेका छन् ।
निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर २ मा भने कांग्रसले धेरै सिट पाएको छ । कांग्रेसले ११ सिट पाउँदा राजपाले १०, संघीय समाजवादी फोरमले ९, एमालेले ७ , माओवादी केन्द्रले ५ र नेपाल संघीय समाजवादी पार्टीले १ सिट पाएका छन् ।
प्रदेश नम्बर ३ मा एमाले १६ सिट पाउँदा कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ सिट हात पारेका छन् । प्रदेश ३ मा नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले पनि एकएक सिट बाँडेका छन् ।
प्रदेश नम्बर ४ मा एमालेले १० सिट पाउँदा कांग्रेसले ९, माओवादीले ३ र राष्ट्रिय जनमोर्चा तथा नयाँ शक्तिले एक÷ एक सिट जितेका छन् भने प्रदेश नम्बर ५ बाट एमालेले १३, कांग्रेसले १२, माओवादीले , संघीय समाजवादीले २, राजपाले १, राष्ट्रिय जनमोर्चाले १ सिट प्राप्त गरेका छन् ।
उता प्रदेश नम्बर ६ मा एमालेले ६ पाउँदा कांग्रेसले ५,माओवादीले ४ सिट र राप्रपाले पनि एक सिट हात पारेको छ । प्रदेश नम्बर ७ मा भने एमाले र कांग्रेसले बराबरी सिट पाएका छन् । दुवै पार्टीले बराबर ८÷८ सिट पाउँदा माओवादीले ४ र राजपाले १ सिट प्राप्त गरेको छ ।