नाल्माकप फुटबलको २९ औं श्रृंखला सम्पन्न, एनआरकेले उपाधि जित्यो

बेसीशहर, पुस ९ गते ।

लमजुङको सबैभन्दा पुरानो मानिने नाल्माकप फुटबलको २९ औं श्रृंखला शनिबार सम्पन्न भएको छ । गत पुस ५ गतेबाट शुरु भएको नाल्मा कप फुटबलको उपाधि एनआरके(नजरे–रापासिं–कपुरगाउ“) टीमले जितेको छ । प्रतियोगितामा न्यू शिवशक्ति युवा क्लव नयागाउ नाल्मालाई फाइनलमा हराउदै एनआरकेले उपाधि जितेको हो ।
जीतसंगै एनआरकेले नगद १ लाख नगद, स्वर्णपदक, प्रमाणपत्रका साथमा नाल्मा कप प्राप्त गरेको छ । प्रतियोगितामा द्वितीयस्थानमा चित्त बुझाउन बाध्य नयागाउ नाल्माले नगद ५० हजारका साथमा रजत पदक र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा सेमीफाइनलमा प्रवेश गरेको दुई टीमले नगद ६÷६ हजारका साथमा प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगितामा गिलुङका विरु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए भने न्यू शिवशक्ति क्लवका सजिन थापा मगरले सर्वाधिक गोलकर्ताको उपाधि जिते । उनीहरुलाई पनि स्वर्णपदकका साथमा ट्रफि प्रदान गरिएको थियो ।
प्रतियोगितामा लमजुङ र चितवनका गरी १६ टीमले सहभागिता जनाएका थिए ।
खेलको विकास गाउ“ गाउ“बाट भन्ने नारालाई आत्मसात गर्दै नाल्मामा विगत तीन दशकदेखि फुटबल प्रतियोगिता सञ्चालनमा आइरहेको छ । स्थानीय श्रोतमा स्थानीय क्लव, आमा समूह, बाबा समूहको सहयोगमा प्रतियोगिता आयोजना भएको हो ।
हो ।