बाहुनडाडा र भुलभुलेमा स्वास्थ्य चौकी ब्यबस्थापन समिति गठन

बेसीशहर पुस १०

मस्र्याङ्दी गाउ“पालिका वार्ड न. ६ बाहुनडाडा र वार्ड न.७ भुलभुलेमा रहेको स्वास्थ्य चौकीमा ब्यबस्थापन समिति गठन गरिएको छ । वार्ड न. ६ मा वर्डा अध्यक्ष लिला प्रसाद घलेको अध्यक्षतामा र वार्ड न.७ मा वडा अध्यक्ष युवा घलेको अध्यक्षता ब्यवस्थापन समिति गठन भएको हो ।
बाहुनडा“डा स्वास्थ्यचौकी ब्यवस्थापन समितिको उपाध्यक्षमा लाल बहादुर गुरुङ र सदस्यहरुमा पुण्य प्रसाद घिमिरे देविजंग गुरुङ, कुलमाया अधिकारी, टेक नारायण तिवारी र सदस्य सचिवमा स्वास्थ्य चौकीका प्रमुख निर्मल पौडेल रहनु भएको छ ।
हालै सम्पन्न वडा भेलाले समिति गठन गरेको हो । भुलभुलेमा गठित ब्यवस्थापन समितिको उपाध्यक्षमा सिद्धिजंग गुरुङ र सदस्यहरुमा सोम बहादुर भण्डारी, छिरिङ घ्याम्चो गुरुङ, सोम कुमारी गुरुङ, टेकनारायण तिवारी र सदस्य सचिवमा स्वास्थ्य चौकीका प्रमुख अर्जुन न्यौपाने रहनु भएको छ ।
दुवै ब्यवस्थापन समितिको संरक्षकमा गाउ“पालिकाका अध्यक्ष अर्जुन गुरुङ रहनुभएको छ ।
दुवै भेलामा मन्तब्य राख्दै गाउ“पालिका अध्यक्ष अर्जुन गुरुङ र उपाध्यक्ष होम बहादुर बि.क. ले स्वास्थ्य क्षेत्र नागरिकको जीवनको सबैभन्दा महत्वपूर्ण भएकाले सबै नागरिकले सर्वसुलभ रुपमा राज्यबाट प्राप्त सेवा उपाभोग गर्न अनुरोध गर्नुभएको थियो ।
गाउ“पालिकाका अध्यक्ष तथा उपाध्यक्षले वडा कार्यलय र माध्यमिक बिद्यालयहरुको समेत आबालोकन तथा निरीक्षण गरि सेवाग्राहीहरुलाइ छिटो सरितो र सरल रुपले सेवा प्रदान गर्न र बिद्यालयको शैक्षिक गुणस्तरको बिकासमा लाग्न  समेत निर्देशन दिनु भएको थियो ।