सिभिलको नया शाखा भुलुभले बजारमाखुल्यो

लमजुङ १२ पुस
सिभिल बैंक लिमिटेडले लमजुङका विभिन्न ग्रामीण क्षेत्रहरुमा आफ्ना शाखा स्थापना गरेको छ  ।
स्थानीय तहमा बैंकहरुको शाखा खोल्ने तयारी भइरहँदा सिभिलले लमजुङको मस्र्याङदी गाउँ पालिकासहित अन्य ४ स्थानमा पनि शाखा खोल्ने तयारी गरेको हो । सिभिलले मंगलबार मस्र्याङदी गाउँ पालिकाको भुलुभले बजारमा पहिलो शाखा खोलेको छ भने दोर्दी, क्होलासौथर, दूधपोखरी गाउँपालिकाका साथै नगरपालिकाहरुमा पनि शाखा स्थापना गर्ने बताएको छ ।
बुधवार एक समारोहबीच भुलभुलेमा बैंकले आफ्नो शाखा उद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले शाखा उद्घाटन गर्नुभयो । कार्यक्रममा सिभिल बंैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको पनि उपस्थिति थियो । शाखा उद्घाटन गर्दै प्रमुख अतिथि रेग्मीले बैंक स्थापनाले ग्रामीण क्षेत्रका नागरिकको आर्थिक समृद्धिमा बैंकले भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।
प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण अर्थतन्त्रमा टेवा पु¥याउन बैंकका शाखा स्थापना भएको जानकारी दिनुभयो । ग्रामीण क्षेत्रको पशुपालन, कृषि, र साना तथा मझौला उद्योगको क्षेत्रमा बैंकले लगानी गर्ने जानकारी गुरुङले दिनुभयो ।
कार्यक्रममा मस्र्याङदी गाउँ पालिकाका अध्यक्ष अर्जुन गुरुङले बैंकले ग्रामीण अर्थतन्त्रको विकासमा भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।
बैंकले ५४ औं शाखा उद्घाटनका अवसरमा गाउँ पालिकाका सबै वडाहरुलाई १÷१ थान कम्प्युटर सहयोग उपलब्ध गराएको थियो ।
सिभिल बैंकको शाखा खुलेसंगै स्थानीयलाई सासानो बैंकिंग कारोबारका लागि पनि सदरमुकाम बेसीशहर आउनु पर्ने झञ्झट अब टरेको छ । उत्तरी लमजुङमा अहिलेसम्म एउटै पनि बैंक पुगेको थिएन ।