पर्यटकहरु क्रिसमस मनाउने उत्कृष्ट स्थान खोज्दै राइनासकोटमा

राइनासकोट पुस १२ ।
लमजुङको ऐतिहासिक तथा पर्यटकीय गाउ“ राइनासकोट स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तब्य बन्न थालेको छ ।
प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, अर्गानिक खानेकुरा र आत्मीय आतिथ्यताका लागि प्रसिद्ध राइनासकोट होमस्टेको माध्यमले पर्यटन प्रवद्र्धनमा जुटिरहेको छ । ग्रामीण पर्यटनमा अघि बढीसकेका लमजुङका घलेगाउ“, काउलेपानीको सिको गर्दै ग्रामीण पर्यटनमा अघि बढ्न थालेको राइनासकोटमा अहिले आन्तरिक तथा बाह्य पर्यटकहरु रमाउन थालेका छन् ।
पछिल्लो पटक बुधवार राइनासकोटमा क्रिसमस मनाउन विदेशी पर्यटकहरु पुगेका छन् । हाल नेपालमा रहेका उनीहरु क्रिसमस मनाउन उत्कृष्ट स्थान खोज्दै राइनासकोटमा पुगेका हुन् । नेपालमा कार्यरत विदेशी स्वयंसेवी शिक्षकहरु क्रिसमस मनाउने उत्कृष्ट स्थल खोज्दै राइनासकोटमा पुगेका हुन् ।
राइनासकोकाटको मनोरम दृष्यावलोकन गर्दै र स्थानीय संस्कृतिमा रम्न पुगेका विदेशीहरुले स्थानीयबासीन्दाहरुलाई समेत क्रिसमसको रमाइलो बा“ड्नुका साथै शुभकामना आदनप्रदान गरे । क्रिश्चियन समुदायले भब्यताका साथ क्रिसमस मनाउने गर्दछन् । परमेश्वर जिसस क्राइष्टको जन्मदिनको रुपमा यो दिवस मनाउने गरिन्छ । यस दिवसमा शुभकामनाका साथमा उपहारहरु आदनप्रदान गर्ने चलन छ ।