त्रिवेणी कप फुटबलको २६ औं श्रृंखला शुरु, २३ वटा टीमको सहभागिता

बेसीशहर १२ पुस ।
लमजुङको सबै भन्दा ठूलो खेलकुद मेला त्रिवेणी कप फुटबल प्रतियोगिता बुधवारबाट शुरु भएको छ । स्थानीय सहजी रंगशालामा त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियोगिताको २६ औं श्रृंखला शुरु भएको हो ।
प्रतियोगिताको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले आज एक समारोहबीच उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा लमजुङसहित देशका विभिन्न स्थानका गरी २३ वटा टीमले सहभागिता जनाएका छन् ।
त्रिवेणी कप लमजुङ जिल्लाको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । यस प्रतियोगितामा प्रथम हुने टीमले तीन लाख नगदका साथमा त्रिवेणी कप प्राप्त गर्ने छ ।
आजको उद्घाटन खेलमा लमजुङ मस्र्याङदी युवा क्लव र आयोजक त्रिवेणी युवा क्लव (भेट्रान) बीच मैत्रपूर्ण खेल भयो । प्रतियोगितामा लमजुङ मस्र्याङदी युवा क्लवलाई शुन्यका विरुद्ध ३ गोल गरी आयोजक विजयी भएको छ ।
बिहीबारको पहिलो खेल सुन्दरबजार युथ क्लव रातो र बेसीशहर युथ सोसाइटी, मस्र्याङमस्र्याङदीपुरस्कार राशीको त्रिवेणी कपको उपाधी पहिलो हुने समूहलाई नगद ३ लाख त्रिवेणी कप र प्रमाणपत्र प्रदान गरिने छ ।
खेलको पहिलो दिन बुधबार त्रिवेणी भेट्रोन र लमजुङ मस्र्याङ्दी युवा क्लबबीच मैत्रीपूर्ण खेल संपन्न भएको छ । खेलमा ३—० गोल अन्तरले त्रिवेणी युवाक्लब विजयी भएको छ । त्यस्तै बिहीबारको पहिलो खेल सुन्दरबजार युथ क्लब रातो र बेसीशहर युथ सोसाइटीबीच हुने भएको छ ।
यस्तै दोस्रो खेल अन्नपुर्ण युवा क्लब नाल्मा र नवकालीका युवा क्लब उदीपुरबीच, तेसो खेल लमजुङ मस्र्याङ्दी युवा क्लब बेशिसहर र एमसिटी बेशिसहर बिच र चौथो खेल पारेदेवी युवा क्लव दुवार र श्रीजङ गणबिच हुने आयोजक क्लवले जनाएको छ ।
प्रतियोगिताको उपविजेताले रजतपदकसहित नगद १ लाख ५० हजार प्राप्त गर्ने छ् । सेमिफाइनल पुग्ने दुई टीमिले नगद ५०÷ ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै सर्वा्धिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद १५÷१५ हजार, स्वर्णपदक र प्रमाण पत्र र अनुशासित टिमले १० हजार ट्रफी र प्रमाणपत्र पाउने आयोजक क्लवका अध्यक्ष छविन्द्रजंग गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि अर्यालले लमजुङ खेलकुदको विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नगरपालिकाका ११ वटै वडाका युवार्ला खेलकुदमा आकर्षित गराउन नगरपालिकाले कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।