ब्यथा(लघुकथा)

 सुधिर कुमार सुमन
मलाइ आजकल उ सङ हिड्न नै मन लाग्न छोड्यो।पहिलाको जस्तो संबध रहेन हामी बिचमा।पैला उ मलाइ खुब माया गर्थ्यो।मलाइ भर्खर घर भित्राउने बेलामा उ खुब खुसी भएको थियो।कति मायाले सुम्सुम्याउथ्यो।राम्रा राम्रा कपडा किनेर ल्याइदिन्थ्यो।अनुहार को अलिकति माथी टिका पनि लगाइदिन्थ्यो।जति बेलापनी मलाइ सङै लिएर हिड्ने गर्थ्यो। आजकल के कुरामा म बाट मन भरिएछ कुन्नी।सौता ल्याउछु भनेर हिड्छ रे।मलाइ पनि संगै लिएर हिड्दैन।मायाले सुम्सुम्याउंदा पनि सुम्सुम्याउंदैन। पहिला पहिला नरम लाग्ने उसका हातहरु,मेरा शरिरमा तलमाथी नाची रहने उसका हातहरु आजकल कडा लाग्छन।निर्दयी पाराले मुसारेको जस्तो लाग्छ।उसो त मेरै शरिर पनि आजकल आफैलाइ फुङ्ग उडेको जस्तो लाग्न थालेको छ।बुढी भएको जस्तो लाग्थ्यो।भित्री अङ्ग हरुनै कतै गडबड छन कि जस्तो लाग्थ्यो।बेला बेलामा बिरामी परिरहन्थे। म बिरामी परेको बेला मलाइ सुम्सुम्याउन नपाउंदा उ बडो दुखी हुन्थ्यो।तर मलाइ भने आनन्द आउंथ्यो । ती कठोर हात हरु कस्तो निर्मम पाराले शरिरमाथि चलाउंथ्यो। म केही भन्थिन।केबल चुपचाप सहन्थे। एकदिन राती सुत्ने बेलामा उसले धेरै बेर सुम्सुम्यायो मलाइ।सायद उ अझ धेरै अगाडि बढ्न चाहान्थ्यो।अझ धेरै बेर मलाइ सुम्सुम्याउन चाहान्थ्यो।अचानक अघि भर्खर पेट भरिने गरेर खाएको खाना सकिएको जस्तो महसुस हुन थाल्यो।मैले उसलाइ भोक लाग्यो भनेर भने।उ भने मस्तिमा थियो।मेरो आग्रह सुनेन।अचानक मेरो भित्री अङग ले राम्रो संग काम नगरेको जस्तो भयो।अब सुम्सुम्याउन नसकिने भयो मेरो शरीर। उसले मलाइ रिसले ओछ्यानमा फाल्यो।आफ्नो अभिलाषा पूरा नभएको रिसमा मलाइ सौताको धम्की दिंदै भन्यो “जैले यसो एकछिन रमाइलो गरौं भन्यो बिरामी भैहाल्छ।पख न तलब त आउन दे।अर्को नया मोबाइल नकिनि छोड्दिन”।