गम्भीर प्रकृतिका विरामीलाई मासिक ५ हजार प्रदान गर्ने निर्णय

काठमाडौं, १३ पुस  । बाम गठबन्धनलाई सत्ता हस्तान्तरण गर्नै लागेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले  बहिर्गमनसंगै जनहितको राम्रो  निर्णय गर्नु भएको छ ।
प्रधानमन्त्री देउवाको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले  जनसरोकारका हितलाइ ध्यानमा राखेर दुवै मृगौला फेल भएका, क्यान्सर लागेका र गम्भीर प्रकृतिका विरामीलाई जीवन वृतीका लागि मासिक ५ हजार प्रदान गर्ने निर्णय गरेको हो । देउवा सरकारको यो निर्णयको सर्वत्र प्रशंसा गरिएको छ ।
मन्त्रीपरिषद बैठकले त्यस्ता विरामीहरूलाई जिविकोपार्जन स्वरुप पा“चहजार जीवन वृतीका लागि दिने निर्णय गरेको हो । यस अघि यही सरकारले मिर्गौला फेल भएकाहरुको आजिवन डायलासिस र प्रत्यारोपण निशुल्क हुने व्यवस्था गरिसकेको छ ।  यस्तै विपन्न नागरिकका लागि क्यान्सर र स्पाइनल इन्जुरीको उपचारका लागि एकलाख रुपैया“का दरले उपचार खर्च दिने गरेको छ ।
स्वास्थ्य मन्त्रालयले यी बिरामीका लागि दिने भनिएको रकम सूर्तिजन्य पदार्थमा थप कर लगाई व्यवस्थापन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।