२६ औं त्रिवेणी कप : चार वटा समूह दोस्रो चरणमा प्रवेश

बेंसीसहर, पुस १३

बेंसीसहरमा जारी २६ औं त्रिवेणी कप फुटवल प्रतियोगिता आज भएका छुट्टाछुट्टै खेलबाट चार वटा समूह दोस्रो चरणमा प्रवेश गरेका छन् ।
बेंसीसहर–८ शेरा टीमलाई ४–० को  फराकिलो गोलअन्तरले हराउ“दै सुन्दरबजार क्लव रातो, नवकालिका युवा क्लव उदीपुरलाई ३–० गोल अन्तरले हराउ“दै अन्नपूर्ण युवा क्लव नाल्मा दोस्रो चरणमा प्रवेश गर्न सफल भए । प्रतियोगिताको तेस्रो खेलमा मनाङे चौतारा टीम र लमजुङ मस्र्याङदी युवा क्लवबीच भएको रोचक र प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयभित्र कुनै पक्षले पनि गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा पुगी टुंगिएको थियो । ट्राइबेकरमा लमजुङ मस्र्याङदी ७–६ नतिजा ल्याएर दोस्रो चरणमा प्रवेश गर्न सफल भयो ।

बिहीबारको अन्तिम खेल पनि निकै रोमाञ्चक हुन पुग्यो । उदीपुरस्थित नेपाली सेनाको श्रीजंग गण र दुवारको पारेदेवी युवा क्लव बीच भएको रोचक खेलमा दुवै पक्ष १÷१ गोलको बराबरीमा रोकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइबेकरमा सेनालाई ४–३ ले स्तब्ध पार्दै पारेदेवीले दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित बनाएको थियो ।